काठमाडौँ । नेपाली काँग्रेसले मंगलबार बस्ने प्रतिनिधिसभाको बैठक अवरुद्ध नगर्ने भएको छ । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सोमवार बैठकले काँग्रेससहित समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) ले संसद अवरुद्ध नगर्ने समझदारी गरेका हुन् ।
तीन दलले मंगलबारको बैठकमा आफ्नो दलको तर्फबाट धारणा राख्ने बताइएको छ । संसद अवरुद्ध गरेर समस्याको समाधान नहुने देखेर तीनै दलले आफ्नो कुरा संसदमा राख्ने तय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
काँग्रेसले गोकुल बाँस्कोटा प्रकरणको विरोध गर्दै संसद अवरुद्ध गर्दै आएको छ भने यो प्रकरणमा प्रधानमन्त्रीको समेत धारणा माग गर्दै आएको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड रुपैयाँ कमिसनमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको विषयलाई काँग्रेसले जोडतोडले उठाउँदै आएको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १३ फागुन २०७६, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षासहित चारवटा समितिका बैठक बस्दै
सामाजिक सञ्जालमा महिला सांसदबारे भइरहेको प्रचारप्रति संसदमा आपत्ति
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
अर्थसहित पाँचवटा समितिको बैठक बस्दै
सभामुखबाटै प्रतिनिधिसभा नियमावलीको पालना नभएको विपक्षीको आरोप
सरकार र सभामुखको भूमिकामाथि नेकपाको प्रश्न