काठमाडौँ । नेपाली काँग्रेसले मंगलबार बस्ने प्रतिनिधिसभाको बैठक अवरुद्ध नगर्ने भएको छ । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सोमवार बैठकले काँग्रेससहित समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) ले संसद अवरुद्ध नगर्ने समझदारी गरेका हुन् ।
तीन दलले मंगलबारको बैठकमा आफ्नो दलको तर्फबाट धारणा राख्ने बताइएको छ । संसद अवरुद्ध गरेर समस्याको समाधान नहुने देखेर तीनै दलले आफ्नो कुरा संसदमा राख्ने तय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
काँग्रेसले गोकुल बाँस्कोटा प्रकरणको विरोध गर्दै संसद अवरुद्ध गर्दै आएको छ भने यो प्रकरणमा प्रधानमन्त्रीको समेत धारणा माग गर्दै आएको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड रुपैयाँ कमिसनमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको विषयलाई काँग्रेसले जोडतोडले उठाउँदै आएको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १३ फागुन २०७६, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज संसद दिवस मनाइँदै
संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित
संसदबाट बाहिरियो राप्रपा र रास्वपा
राप्रपाद्वारा आज पनि संसद बहिष्कार
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची