काठमाडौँ । संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज बस्दैछ । आज अर्थ समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।
अर्थ समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको मस्यौदा कार्यविधिमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, पूर्वाधार विकास समितिको बैठक बिहान ९ बजे समितिको सभाकक्षमा बस्नेछ । बैठकमा सार्वजनिक सवारी व्यवस्थापन, ढुवानी व्यवस्थापनलगायत विषयमा छलफल हुनेछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान १० बस्नेछ । बैठकमा ग्यालरी बैठक (पुरानो संसद) भवन निर्माणको कार्ययोजना सम्बन्धमा शहरी विकास तथा भवन निर्माण विभागसँग छलफल गर्ने कार्यसूची छ ।
यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा उपसमितिको कार्यक्षेत्रमा हेरफेर गर्ने तयारी छ ।
यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक बिहान सवा ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको वार्षिक कार्ययोजना सम्बन्धी विषयमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ असार २०८३, ०९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखबाटै प्रतिनिधिसभा नियमावलीको पालना नभएको विपक्षीको आरोप
सरकार र सभामुखको भूमिकामाथि नेकपाको प्रश्न
संसदमा श्रम संस्कृतिको निरन्तर विरोध, प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने अडान
सुकुमबासीमाथि अत्यन्त ठूलो अमानवीय हमला गरियो: एमाले
पर्चा देखाउँदै आज पनि हर्क साम्पाङले संसदमा जनाए विरोध
संसदीय गरिमा कायम गर्नुपर्नेमा सांसदहरूको जोड