काठमाडौं । विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालबाटै प्रतिनिधिसभा नियमावलीको पालना नभएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कहिले हुन्छ भनेर प्रश्न गरे ।
सभामुखले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विधेयकहरू अगाडि बढाउन समय दिएका थिए ।
लगत्तै विपक्षी दलहरूले उठेर विरोध गरेका हुन् । नेकपा एमाले प्रमुख सचेतक ऐन महर, श्रम संस्कृति पार्टीका आरेन राइले प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुन नसकेको विषय उठाए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्वु ओलीले प्रधनमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संचालन नहुँदा प्रतिपक्षको मात्रै नभएर सत्तापक्षले समेत सोध्न सक्ने प्रश्न प्रकट हुन नपाएको बताइन् ।
प्रधानमन्त्री महिनाको एक पटक आउनुपर्ने भनेर नियमावलीमा लेखिएको नियम पालना गराउन सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गर्नुपर्ने उनको माग रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ जेठ २०८३, १५ : २७
लेखकबाट थप