प्रधानमन्त्रीेले केकमा काटेको देश जोड्न यी गायिकाले खर्चिइन् लाखौं रकम (भिडियोसहित)

सोमबार, १२ फागुन २०७६, १३ : १२
प्रधानमन्त्रीेले केकमा काटेको देश जोड्न यी गायिकाले खर्चिइन् लाखौं रकम (भिडियोसहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औँ जन्मोत्सव नेपालको नक्सा आकारको १५ किलोको केक काटेर मनाए । जसको आम नागरिकले चर्को आलोचना र बिरोध गरेका छन् । 

तर ठ्याक्कै यही समयमा अधिवक्ता तथा गायिका शितल पाण्डयेले लाखौं रकम खर्च गरेर नेपालको नक्सा काटेर टुक्राउने होइन् कालापानी र लिपुलेक सहितको नक्सा जोडेर राष्टिय गित बजारमा ल्याएकी छिन् । 

प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनमा नेपालको नक्सा आकारको केक काटिरहँदा गायिका पाण्डेयले भने आफ्नो गीत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष कसरी पुग्नसक्छ भनेर छलफल गरिरहेकी थिइन् । जब प्रधानमन्त्रीले ६९ औँ जन्मोत्सवका अवसरमा नेपालको नक्सा आकारको केक काटेर मनाएको फोटो भाइरल भयो त्यसपछि भने उनको मुटु छियाछिया भयो । 

उनले फेसबुकमा स्टाटसको रुपमा कबिता लेख्दै यसरी दुःख व्यक्त गरेकी छिन् । 

म यता लाखौं खर्च गरेर देश जोड्ने कुरा गर्दै छु,
तिमी भने लाखौं खर्च गरेर देश तोड्ने कुरा गरेछौ !
तिमी र म मा यही फरक छ ।
मेरो सल्लाहकार कोही छैन,
तिमीलाई सल्लाह दिने कैंयन छन् !
तिमी र म यही फरक छ ।
मलाई देश जोड्ने कुरा कसैले सिकाएको होइन,
तिमीलाई भने देश तोड्ने कुरा कसैले सिकाएछन् !
तिमी र म मा यही फरक छ ।
विश्वास थियो छ र हुनेछ कि,
म मा अगाध देश प्रेम छ,
तिमीमा पनि उस्तै देश प्रेम छ !!
हामीमा यही कुरा समान छ ।
तर
मैले मेरो मन र दिमाग प्रयोग गरेर,
देश जोड्ने कुरा गरेर गुमनाम भइरहेछु !
तर अफसोस !
तिमी अर्कैको मन, दिमाग र निर्देशनमा,
देश तोड्ने कुरा गरेर भाइरल भईरहेछौ !
तिमी र म मा यही फरक छ ।
म लाखौें लगनीमा गुमनाम छु,
तिमी लाखौँ लगानीमा भाइरल छौ !
तिमी र म मा यही कुरा फरक छ ।
म मेरो पेट काटेर देश जोड्दा गुमनाम छु,
तिमी देश काटेर खाँदा भाइरल छौ !
तिमी र म मा यही फरक छ ।
मैले देश जोड्ने कुरा गरेको कसैले देखेनन् ,
तिमीले देश तोड्ने कुरा गरेको सबैले देखेका छन् !
त्यसैले त
म गुमनाम छु,
तिमी भाइरल छौ !
बस समाजको दृष्टी र नियति पनि यस्तै छ,
मलाई देख्दैन तिमीलाई देख्छ !
कि त दृष्टी र नियति खराब हो !
कि त म खराब हुँ !!
या त तिमी !!!
 पाण्डे भन्छिन् : हामी नागरिकहरु देशको सिमा मिचियो, जोगाउने कसरी भनेर लाखौं खर्चिन्छौँ, रातदिन नसुतेर देश जोगाउने कसरी भन्छौँ तर प्रधानमन्त्री भने केकमा देश काटेर खाइदिन्छन्, सारै चित्त दुख्ने रहेछ ।