धनुषा । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नम्बर २ मा सरकार परिवर्तन हुने तर्फ संकेत गरेका छन् ।
आईतबार धनुषाको मिथिला विहारी नगरपालिकामा मिथिला विहारी भगवानको डोला प्रस्थान तथा प्रवेशद्वार समुद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ को सरकार परिवर्तन हुने तर्फ संकेत गर्दै उनले यसका लागि राजपा नेपालसंग आन्तरिक कार्यहरु भईरहेको बताए ।
उनले राजपा नेपालसंगको आन्तरिक गृहकार्य सम्पन्न भएलगत्तै प्रदेश सरकार फेरिने बताए ।
उनले मिथिलाविहारी नगरपालिका स्थित कचुरीको मिथलाविहारीको मन्दिर छेउमा धर्मशाला बनाउने घोषणा गरे । उनले भने– ‘यहाँ धर्मशालाका बनाउन अत्यन्त जरुरी छ । मेरो तर्फबाट जति सम्भव सहयोग गर्छु । कुनै कमी रहन दिन्न’ प्रचण्डले भने ।
मिथिला मध्यमा परिक्रमाले नेपाल–भारतको लागि महाकुम्भ भएको भन्दै अध्यक्ष प्रचण्डले दुवै देशको धार्मिक संस्कृति आदान प्रदानामा ठुलो योगदान पुर्याइरहेको बताए । आफु पहिलो पटक प्रधानमन्त्री रहेको बेला परिक्रमा मार्गको लागि सहयोग गर्ने अवसर पाएको स्मरण गर्दै उनले मिथिलाविहारी परिषद गठन गर्न पनि आफ्नो सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
अध्यक्ष प्रचण्डले मिथिला माध्यमिकी परिक्रमाको डोला उठाएर परिक्रमाको आरम्भ गरे ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?