काठमाडौँ । नेकपा प्रमुख सचेतक देव गुरुङ्ले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कमिसन बार्गेनिङको अडियो सरकारले छानबिन गर्ने बताएका छन् ।
शनिवार काठाडौंमा आयोजित कार्यक्रममा गुरुङले सेक्युरिटी प्रिन्टिङ प्रेस सम्बन्धी विषय जिटुजी सम्झौताबाट मात्र गर्ने भनिएपनि बिना ग्लोबल टेण्डर कुनै कम्पनीसँग सम्झौता गरेर जाने खालको देखिनु र यही बिचमा मन्त्रीको अडियो बाहिरिनुले प्रश्न उठेको बताए ।
उनले यो विषयमा संसदको सार्वजनिक लेखा समितिले छानविन गरिरहेको र त्यसको प्रतिवेदन अनुसार हुने बताए । मन्त्रीले भ्रस्टाचार गरे नगरेको कानुनी छानविन गर्न सरकार दृढ भएकाले अख्तियारले छानविन गर्ने गुरुङले बताए ।
नेकपा स्थायी समिति सदस्यसमेत रहेका गुरुङले पार्टीको केन्द्रीय समितिले गठन गरेको कार्यदलले एमसीसीका विषयमा सर्तहरु परिमार्जन गरेर मात्र जाने सुझाव दिएको बताए ।
त्यो विषयमा पार्टीले छिट्टै निर्णय गर्ने उनको भनाइ छ । सरकारले एमसीसीलाई निरन्तरता दिने प्रतिक्रिया प्रधानमन्त्री केपी शर्मा ओलीले दिएपनि पार्टीको निर्णय नै अन्तिम गुरुङले बताए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ११ फागुन २०७६, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा
‘पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन’ : गोकुल बास्कोटा
‘वाम एकताको बहसभन्दा आन्तरिक पुनर्गठन आवश्यक’ : गोकुल बास्कोटा