धनगढी । राप्रपाका अध्यक्ष कमल थापाले दुई तिहाईको सरकार लुटतन्त्र र भ्रष्टाचारमा सीमित भएको बताएका छन् । उनले अहिलेको देशको ठूलो चुनौती नै भ्रष्टाचार रहेको दाबी गरे । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले अहिले लोकतन्त्रको आवरणमा लुटतन्त्र भइरहेको बताए ।
उनले तत्कालीन माओवादीले लडाकुबाट सुरु भएको भ्रष्टाचारको यात्रा अहिले आएर गोकुल बास्कोटासम्म पुगेको बताए। उनले गोकुल बास्कोटाको प्रकरणमा प्रधानमन्त्रीले तत्काल एक्सन लिएकोमा धन्यबाद दिँदै अब अख्तियारले यस प्रकरणमा सुक्ष्म अध्ययनसहित दोषीलाई कारवाही गर्नुपर्ने बताए ।
उनले दुई तिहाइको सरकारले दुई वर्षसम्म पनि जनताको अपेक्षा अनुसार सकारात्मक परिवर्तनको अनुभुती दिन नसकेको बताए। यस्तै उनले एमसिसी नेपालको हितमा रहेकाले यसमा विवाद गर्नुको कुनै औचित्य नरहेको बताए।
आफ्नो पार्टी राप्रपाको एजेण्डा हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र यथावत रहेको उल्लेख गर्दै अध्यक्ष थापाले भने, ‘एजेण्डा राम्रो हुँदाहुँदै पनि संगठन कमजोर रहेकाले विगतका चुनावमा पराजित भएका हौँ ।’
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ