मार्तडी । यहाँस्थित बडीमालिका नगरपालिका–९मा रहेको पीसविन बाजुराको कार्यालय र रेडियो बाजुराको नजिकै राखिएको बम समरजीत गुल्मका सेनाले निष्क्रिय पारेको छ ।
शुक्रबार राती अज्ञात समूहले रेडियो बाजुरा नजिक कालो झोलामा बेवारिसे अवस्थामा राखिएको बम आज सेनाले निष्क्रिय गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताउनुभएको छ ।
रेडियोको नजिकै राखिएको प्रेसर कुकर बम सोही ठाउँमा निष्क्रिय पार्दा धर्म रोकायाको घरसमेत चर्केको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बम कसले राखेको भन्ने बारेमा अनुसन्धान भइरहेको छ । बम राखेको थाहा भएपछि स्थानीय त्रसित बनेका हुँदा खोजी कार्यमा प्रहरी लागेको बताइएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नेपाली सेनाप्रति ऋणी रहनेछौं : हामी नेपाल
भ्रामक सूचनामा विश्वास नगर्नुस् : नेपाली सेना
अलपत्र परेका विदेशी नागरिकलाई सुरक्षाकर्मीमार्फत सहयोग गर्ने सेनाको आग्रह
बौद्ध र चाबहिल क्षेत्रबाट लुटिएको करिब ३४ लाख सेनाद्वारा बरामद
वीरगन्जको सडकमा सेनासहित सुरक्षा फौज तैनाथ, गल्ली गल्लीमा सेना
अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाद्वारा आम नागरिकलाई आग्रह