काठमाडौँ । बंगलादेशमा चिकित्साशास्त्र अध्ययनरत नेपाली विद्यार्थीहरूले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई आफूहरूको भिसा थप प्रक्रियामा रहेको झन्झट र बंगलादेशी सरकारद्वारा दिइने छात्रवृत्तिको अपारदर्शितालगायतका समस्या समाधान गरिदिन ध्यानाकर्षण गराएका छन् ।
नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसनले बंगलादेश भ्रमणमा रहेका ज्ञवालीलाई बुधबार ध्यानाकर्षणपत्र दिई सरकारका तर्फबाट समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको हो । बंगलादेशमा हाल पाँच हजारभन्दा बढी नेपाली विद्यार्थीले चिकित्साशास्त्र अध्ययन गरिरहेको जानकारी एसोसिएसनका अध्यक्ष नवीन यादवले दिए । विद्यार्थीले आफ्नो भिसा थप ९एक्स्टेन्सन० मा अनियमितता हुने गरेको गुनासो गरेका छन् ।
बंगलादेशमा स्नातक ९एमबीबीएस० को अध्ययन अवधि ६ वर्ष भए पनि नेपालीले प्रत्येक वर्ष शुल्क तिरेर भिसा एक्स्टेन्सन गर्नुपरेको गुनासो गरेका छन् । एकैपटक दुई वर्षको भिसाका लागि निवेदन दिन सकिने भए पनि नेपाली विद्यार्थीले हरेक वर्ष एक्स्टेन्सन गराउनुपर्ने बाध्यता छ । ‘दुई वर्षका लागि भिसा शुल्क तिरे पनि एक वर्षको मात्रै भिसा पाइन्छ,’ यादवले भने ।
उनका अनुसार विद्यार्थीले यो समस्याबारे नेपाली दूतावासलाई समेत जानकारी गराइसकेका छन् ।छात्रवृत्तिको समस्या पनि त्यस्तै छ । ‘छात्रवृत्ति प्रक्रियाको पारदर्शी मापदण्ड अभावमा केही कन्सल्टेन्सी र बिचौलियाबाट नेपाली विद्यार्थी ठगिने गरेका छन्,’ उनले भने । यस विषयमा समेत कूटनीतिक स्तरबाट समाधान गरिदिन मन्त्रीलाई आग्रह गरिएको जानकारी उनले दिए । उनका अनुसार नेपाली विद्यार्थी बंगलादेशका मेडिकल कलेजहरूको यथार्थ जानकारीको अभावका कारण कन्सल्टेन्सी र बिचौलियाबाट ठगिने गरेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १० फागुन २०७६, ०७ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज
बंगलादेशको निर्वाचनमा बीएनपीलाई बहुमत
बंगलादेशमा बीएनपीले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
शेख हसिना भारत भागेपछि बंगलादेशमा आज पहिलोपटक मतदान हुँदै
बंगलादेश भोलि आम निर्वाचन, आधाभन्दा बढी मतदान केन्द्रमा हिंसाको जोखिम
बंगलादेशमा फेरि हिन्दु व्यक्तिमाथि सांघातिक हमला