काठमाडौँ । बंगलादेशमा चिकित्साशास्त्र अध्ययनरत नेपाली विद्यार्थीहरूले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई आफूहरूको भिसा थप प्रक्रियामा रहेको झन्झट र बंगलादेशी सरकारद्वारा दिइने छात्रवृत्तिको अपारदर्शितालगायतका समस्या समाधान गरिदिन ध्यानाकर्षण गराएका छन् ।
नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसनले बंगलादेश भ्रमणमा रहेका ज्ञवालीलाई बुधबार ध्यानाकर्षणपत्र दिई सरकारका तर्फबाट समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको हो । बंगलादेशमा हाल पाँच हजारभन्दा बढी नेपाली विद्यार्थीले चिकित्साशास्त्र अध्ययन गरिरहेको जानकारी एसोसिएसनका अध्यक्ष नवीन यादवले दिए । विद्यार्थीले आफ्नो भिसा थप ९एक्स्टेन्सन० मा अनियमितता हुने गरेको गुनासो गरेका छन् ।
बंगलादेशमा स्नातक ९एमबीबीएस० को अध्ययन अवधि ६ वर्ष भए पनि नेपालीले प्रत्येक वर्ष शुल्क तिरेर भिसा एक्स्टेन्सन गर्नुपरेको गुनासो गरेका छन् । एकैपटक दुई वर्षको भिसाका लागि निवेदन दिन सकिने भए पनि नेपाली विद्यार्थीले हरेक वर्ष एक्स्टेन्सन गराउनुपर्ने बाध्यता छ । ‘दुई वर्षका लागि भिसा शुल्क तिरे पनि एक वर्षको मात्रै भिसा पाइन्छ,’ यादवले भने ।
उनका अनुसार विद्यार्थीले यो समस्याबारे नेपाली दूतावासलाई समेत जानकारी गराइसकेका छन् ।छात्रवृत्तिको समस्या पनि त्यस्तै छ । ‘छात्रवृत्ति प्रक्रियाको पारदर्शी मापदण्ड अभावमा केही कन्सल्टेन्सी र बिचौलियाबाट नेपाली विद्यार्थी ठगिने गरेका छन्,’ उनले भने । यस विषयमा समेत कूटनीतिक स्तरबाट समाधान गरिदिन मन्त्रीलाई आग्रह गरिएको जानकारी उनले दिए । उनका अनुसार नेपाली विद्यार्थी बंगलादेशका मेडिकल कलेजहरूको यथार्थ जानकारीको अभावका कारण कन्सल्टेन्सी र बिचौलियाबाट ठगिने गरेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १० फागुन २०७६, ०७ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा प्रदर्शन उग्र बनेपछि परिस्थिति नियन्त्रणका लागि अर्धसैन्य दस्ता परिचालन
बंगलादेशमा आम चुनावको मिति घोषणा
शान्त बंगलादेश : हसिनामाथिको मृत्युदण्डपछि राजधानीमा सामान्य अवस्था
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना दोषी ठहर, मृत्युदण्डको सजाय
शेख हसिना विरुद्धको फैसलाअघि बंगलादेशमा कडा सुरक्षा
बंगलादेशमा हिंसात्मक झडप, चार जनाको मृत्यु