काठमाडौं । भेरीगंगा नगरपालिका सुर्खेतका एक प्राविधिकलाई रु दुई लाख घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले खानेपानी प्राविधिक चन्द्रबहादुर केसीलाई आज साँझ भेरीगङ्गाकै मदानेचौरबाट रङ्गेहात पक्राउ गरेको हो ।
अख्तियार सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले निर्माण सम्पन्न भइसकेको झोलुङ्गे पुलको काम गरेवापत खानेपानी प्राविधिक केसीले घुस मागेको खुल्न आएको बताउनुभयो । अख्तियारको टोलीले घटनास्थल मुचुल्कापछि प्राविधिक केसीमाथि अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०८ फागुन २०७६, २१ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ