देश प्रतिक्रियावादीहरुको हातमा जान नदिन पार्टी एकता : प्रचण्ड

पत्रपत्रिकाबाट

बुधबार, ०७ फागुन २०७६, ०७ : १५
देश प्रतिक्रियावादीहरुको हातमा जान नदिन पार्टी एकता : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई प्रतिक्रियावादीहरुको हातमा जान नदिन पार्टी एकता भएको बताएका छन् । उनले पार्टी एकता रातारात नभएको भएको लामो छलफल र गृहकार्यपछि सम्भव भएको बताए ।

मंगलबार नेकपा कर्णाली प्रदेशको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेता र कार्यकर्ता, जनता र कार्यकर्ता तथा जनता र सरकारबीच भ्रम छर्न प्रतिक्रियावादी शक्तिहरु लागिपरेको सूचना आफूले पाएको भन्दै त्यो कुनै पनि हालतमा हुन नसक्ने बताए ।

बैठकमा सहभागी कर्णाली प्रदेशका एक नेताका अनुसार प्रचण्डले पार्टी एकताको आधार तत्कालीन माओवादीले सुरु गरेको जनयुद्धदेखि नै तयार भएको समेत दावी गरे । ‘पार्टी एकताको आधार जनयुद्धकालदेखिनै तयार भएको हो । त्यसको साक्षी माधव नेपाल हुनुहुन्छ ।

१२ बुँदे समझदारी हुँदा पनि पूर्व एमाले र माओवादीले आधारपत्र तयार पारेपछि अन्य दलसमेत समेटेर अन्तिम रुप दिइएको थियो’ प्रचण्डको भनाइ उदृत गर्दै ती नेताले भने । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस