काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई प्रतिक्रियावादीहरुको हातमा जान नदिन पार्टी एकता भएको बताएका छन् । उनले पार्टी एकता रातारात नभएको भएको लामो छलफल र गृहकार्यपछि सम्भव भएको बताए ।
मंगलबार नेकपा कर्णाली प्रदेशको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेता र कार्यकर्ता, जनता र कार्यकर्ता तथा जनता र सरकारबीच भ्रम छर्न प्रतिक्रियावादी शक्तिहरु लागिपरेको सूचना आफूले पाएको भन्दै त्यो कुनै पनि हालतमा हुन नसक्ने बताए ।
बैठकमा सहभागी कर्णाली प्रदेशका एक नेताका अनुसार प्रचण्डले पार्टी एकताको आधार तत्कालीन माओवादीले सुरु गरेको जनयुद्धदेखि नै तयार भएको समेत दावी गरे ।
‘पार्टी एकताको आधार जनयुद्धकालदेखिनै तयार भएको हो । त्यसको साक्षी माधव नेपाल हुनुहुन्छ । १२ बुँदे समझदारी हुँदा पनि पूर्व एमाले र माओवादीले आधारपत्र तयार पारेपछि अन्य दलसमेत समेटेर अन्तिम रुप दिइएको थियो’ प्रचण्डको भनाइ उदृत गर्दै ती नेताले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०७६, २१ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?