काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई प्रतिक्रियावादीहरुको हातमा जान नदिन पार्टी एकता भएको बताएका छन् । उनले पार्टी एकता रातारात नभएको भएको लामो छलफल र गृहकार्यपछि सम्भव भएको बताए ।
मंगलबार नेकपा कर्णाली प्रदेशको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेता र कार्यकर्ता, जनता र कार्यकर्ता तथा जनता र सरकारबीच भ्रम छर्न प्रतिक्रियावादी शक्तिहरु लागिपरेको सूचना आफूले पाएको भन्दै त्यो कुनै पनि हालतमा हुन नसक्ने बताए ।
बैठकमा सहभागी कर्णाली प्रदेशका एक नेताका अनुसार प्रचण्डले पार्टी एकताको आधार तत्कालीन माओवादीले सुरु गरेको जनयुद्धदेखि नै तयार भएको समेत दावी गरे ।
‘पार्टी एकताको आधार जनयुद्धकालदेखिनै तयार भएको हो । त्यसको साक्षी माधव नेपाल हुनुहुन्छ । १२ बुँदे समझदारी हुँदा पनि पूर्व एमाले र माओवादीले आधारपत्र तयार पारेपछि अन्य दलसमेत समेटेर अन्तिम रुप दिइएको थियो’ प्रचण्डको भनाइ उदृत गर्दै ती नेताले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०७६, २१ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्ड र शेखर डा. कोइरालाबीच खुमलटारमा भेटवार्ता
सरकार देशलाई असफल बनाउनेतर्फ अग्रसर छ: प्रचण्ड
मन्त्रीले घुस डिल गरेको अडियो बाहिरिँदा प्रधानमन्त्रीले एक्सन नलिनु लाजमर्दो : प्रचण्ड
कांग्रेस पनि ओलीको स्वर्ग र नर्कको चक्करमा पर्यो : प्रचण्ड
सरकार नियामक संस्थामाथि समेत बिचौलियाको इशारामा काम गरिरहेको ‘प्रचण्ड’को आरोप
अप्राकृतिक गठबन्धनको चरित्र लोक लजाउने गरी उजागर भयो : प्रचण्ड