काठमाडौं । अर्काको घरमा ‘प्याष्टिक ह्याण्ड ग्रिनेट’ राख्ने एक जना पूर्व सैनिकलाई आज प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाका अनुसार ललितपुरको गोदावरी नगरपालिका– ५ लेलेबाट नेपाली सेनाका पूर्वहबल्दार राजकुमार सार्कीलाई पक्राउ गरिएको हो ।
स्थानीय सुकराम मिजारको घरमा ग्रिनेट फेला परेपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा सार्कीले राखेको पत्ता लागेपछि पक्राउ गरिएको जनाइएको छ । ग्रिनेट राख्नुको कारण भने खुलेको छैन । घटनाको विषयमा ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको छ । उक्त ग्रिनेटलाई नेपाली सेनाको बम निष्क्रिय टोलीले निष्क्रिय पारेको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०६ फागुन २०७६, १९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ