स्थल मार्गबाट भारत गएका नेपालीहरुले तेस्रो देश उड्न नपाउने

सफल खबर संवाददाता

मंगलबार, ०६ फागुन २०७६, १७ : २८
स्थल मार्गबाट भारत गएका नेपालीहरुले तेस्रो देश उड्न नपाउने

काठमाडौँ । स्थल मार्गबाट भारत गएका नेपालीहरुले तेस्रो देश उड्न नपाउने भएका छन् ।

भारतको बाटो हुँदै अवैधानिक ढंगबाट तेस्रो देशमा रोजगारीका लागि जाने र बेचबिखनमा पर्ने समस्या बढेको भन्दै दिल्लीस्थित नेपाली दूतावासले स्थलमार्गबाट भारत पुगेकाहरुले तेस्रो देश जान नपाउने सूचना जारी गरेको हो ।

पछिल्लो समय मानव तस्करहरुले भारतीय बाटो हुँदै नेपालीलाई संसारका विभिन्न देशमा पुर्‍याउने गरेका छन् ।

गएको माघ २८ गते दूतावासले जारी गरेको सूचनामा स्थलमार्गबाट भारत गएर तेस्रो देशमा उडान भर्न चाहने व्यक्तिलाई सजग हुन आग्रह गरेको हो ।

यसअघि दूतावासले मध्यपूर्वका साउदी अरब, कतार, कुवेतलगायतका नौ देशमा जान श्रम स्वीकृति लिएकाहरुलाई दूतावासले अनुमति दिने गरेको थियो । बाँकी देशहरुमा अन अराइभल भिसा भारतले दिनुपर्ने कानुनी व्यवस्था छ ।

दूतावासले स्थलमार्गबाट भारत पुग्ने र त्यहाँबाट तेस्रो देश जाने खोज्दा आइपर्ने समस्याप्रति सजग हुन र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नै प्रयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस