काठमाडौँ । स्थल मार्गबाट भारत गएका नेपालीहरुले तेस्रो देश उड्न नपाउने भएका छन् ।
भारतको बाटो हुँदै अवैधानिक ढंगबाट तेस्रो देशमा रोजगारीका लागि जाने र बेचबिखनमा पर्ने समस्या बढेको भन्दै दिल्लीस्थित नेपाली दूतावासले स्थलमार्गबाट भारत पुगेकाहरुले तेस्रो देश जान नपाउने सूचना जारी गरेको हो ।
पछिल्लो समय मानव तस्करहरुले भारतीय बाटो हुँदै नेपालीलाई संसारका विभिन्न देशमा पुर्याउने गरेका छन् ।
गएको माघ २८ गते दूतावासले जारी गरेको सूचनामा स्थलमार्गबाट भारत गएर तेस्रो देशमा उडान भर्न चाहने व्यक्तिलाई सजग हुन आग्रह गरेको हो ।
यसअघि दूतावासले मध्यपूर्वका साउदी अरब, कतार, कुवेतलगायतका नौ देशमा जान श्रम स्वीकृति लिएकाहरुलाई दूतावासले अनुमति दिने गरेको थियो । बाँकी देशहरुमा अन अराइभल भिसा भारतले दिनुपर्ने कानुनी व्यवस्था छ ।
दूतावासले स्थलमार्गबाट भारत पुग्ने र त्यहाँबाट तेस्रो देश जाने खोज्दा आइपर्ने समस्याप्रति सजग हुन र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नै प्रयोग गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०७६, १७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलस्थित नेपाली दूतावासले भन्यो– सतर्क र सुरक्षित रहनू
यूएईमा ड्रोनको अवशेष खस्दा घाइते भएका ७ मध्ये ६ जना नेपाली डिस्चार्ज
यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
बगदादस्थित अमेरिकी दूतावासमा फेरि आक्रमण
आफ्नो राहदानी सुरक्षित राख्न यूएईमा रहेका नेपालीलाई दूतावासले अनुरोध
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह