काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले पार्टी फुटाउने र जनतालाई भ्रममा पार्नेलाई पार्टीभित्र कुनै स्थान नरहेको बताउनुभएको छ ।
कर्णाली प्रदेश प्रेस सङ्गठन नेपालले रुकुम पश्चिम चौरजहारीमा गरेको भेला तथा शपथग्रहण कार्यक्रममा पार्टीका राम्रा कामको प्रचार र गलत कुराको आलोचना गर्न पाउनु जनताको अधिकार भएको भन्दै उहाँले सरकार दलाल र माफियाको जालो घेराबन्दीमा परेको बताउनुभयो । छिटो त्यो जालो तोड्न प्रधानमन्त्रीलाई उहाँले आग्रह गर्नुभयो ।
केन्द्रले कर्णालीको आवाज कम सुन्छ भन्दै उहाँले कर्णालीमा राज्यले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । दुई वर्षदेखि रुकुम पश्चिममा सङ्घीय सरकारको बजेट रोकिएको तथा कर्णालीको विकास लगानी कम भएको भन्दै उहाँले राज्यले कर्णालीलाई हेला गरेको जिकिर गर्नुभयो ।
उहाँले यहाँको विकासका लागि पत्रकारितामार्फत बुलन्द आवाज उठाउन पत्रकारलाई आग्रह गर्नुभयो । “जनताको आलोचना नै हाम्रो ऊर्जा हो”, शर्माले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०४ फागुन २०७६, २१ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी फुट्ने हल्ला भ्रमको खेती मात्रै हो, महाधिवेशनबाट पुनर्गठन हुन्छ: जनार्दन शर्मा
मनमोहनबाहेक नेपालका सबै कम्युनिस्ट प्रधानमन्त्रीले असुली धन्दा चलाए: जनार्दन शर्मा
जलविद्युत उत्पादकहरूको सरकार र अदालतले घाँटी समाउनु हुँदैन: जनार्दन शर्मा
निजामती सेवा विधेयकमा भएको चलखेल जनताप्रतिको बेइमानी : जनार्दन शर्मा
नीतिगत कुरा राम्रो भए पनि बजेटमा आलोचना आवश्यक छ : जनार्दन शर्मा
राजनीतिक सङ्कट समाधानका लागि संविधान संशोधन र गणतन्त्र सुदृढीकरण आवश्यक : जनार्दन शर्मा