काठमाडौं । कोरोना भाइरसबाट प्रभावित चीनको वुहानमा रहेका नेपाली स्वदेश फर्किन लागेका छन् । उनीहरु आइतबार बिहान नेपाल आइपुग्ने भएका छन् । उनीहरुलाई उद्दारका लागि नेपाल वायुसेवा निगमको जहाज बुहान पुगिसकेको छ ।
चीन गएको विमानमा १ विदेशी र १ नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, १ जना इन्जिनियर, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहेका छन् ।
चीनमा रहेका नेपालीहरु वुहान एयरपोर्टमा जम्मा भइसकेका छन् ।
शयान, यिथाङ, चीङचउ, चीङमन, वनसीलगायत सहरबाट उनीहरु बस चढेर विमानस्थलमा पुगेका हुन्। विद्यार्थी विभिन्न ठाउँको परीक्षण पार गर्दै एयरपोर्ट पुगेको बताइएको छ ।
उनीहरुलाई आइतबार बिहान सवा २ बजे विमान काठमाडौंमा अवतरण गर्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ फागुन २०७६, २१ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अबुधाबीमा मिसाइल र ड्रोनको अवशेष खस्दा ७ नेपाली घाइते
कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार
कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने
इरानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह
सन् २०२५ मा १५ लाख २३ हजार नेपाली विदेशिए
अबुधाबीस्थित नेपाली राजदूतावासद्वारा युएईमा कार्यरत नेपालीहरूलाई चेतावनी