अबुधाबी । संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपाली नागरिकहरूलाई अबुधाबीस्थित नेपाली राजदूतावासले कानून र नियम पालना गर्न कडाइका साथ आग्रह गरेको छ। दूतावासले सोमबार जारी गरेको सूचनामा युएईमा केही नेपालीहरूले मादक पदार्थ सेवन, झैझगडा, बैंकिङ्ग सम्बन्धी अवैध लेनदेन, लागू औषध ओसारपसार, Emirates ID को दुरुपयोग, साइबर क्राइम, अध्यागमन नियम उल्लंघन, ट्राफिक नियम उल्लंघन तथा Freelance visa को प्रलोभनमा संलग्न हुने क्रम बढिरहेको जानकारी दिएको छ।
राजदूतावासले यस्ता गतिविधिहरू युएईको कानुन अनुसार दण्डनीय हुने भएकाले नेपाली नागरिकहरूलाई सतर्क रहन र विशेष सावधानी अपनाउन आग्रह गरेको छ। साथै, युएईमा बसोबास गर्दा मर्यादित, अनुशासित र इमान्दार व्यवहार अपनाउनुपर्नेमा जोड दिएको छ।
दूतावासले नागरिकहरूलाई आफ्ना Passport, Emirates ID र फोनको सिम कार्ड अरूलाई नदिन, अनावश्यक नगद कारोबार नगर्न, सामाजिक संजालमा अविवेकी पोस्ट नगर्न र देशका चाडपर्व तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दा स्थानीय निकायको अनुमति लिन समेत सचेत गराएको छ।
राजदूतावासले नेपाली समुदायबीच ऐक्यबद्धता कायम राख्न र युएईको नियम र कानून पूर्णरूपमा पालन गर्न सबैमा हार्दिक अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ असोज २०८२, २० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको कुशीनगरमा बन्धक बनाइएका ४ सय ५३ नेपालीको उद्धार
नेपालीलाई श्रीलङ्काको ३० दिने नि:शुल्क अनलाइन भिसा
अबुधाबीमा मिसाइल र ड्रोनको अवशेष खस्दा ७ नेपाली घाइते
कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार
कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने
इरानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह