काठमाडौँ । नेपालबाट सन् २०२५ मा १५ लाख बढी नेपाली विदेशिएका छन्। सन् २०२५ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म १५ लाख २३ हजार नेपाली विदेशिएका वैदेशिक रोजगार विभागले जनाएको छ।
विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालका अनुसार यसै अवधिमा १३ लाख १३ हजार १९१ जना नेपाली विभिन्न देशबाट स्वदेश भित्रिएका छन् । सोही अवधिमा १० लाख १५ हजार ३ सय ७८ विदेशी पर्यटक नेपाल प्रवेश गरेको देखिएको छ भने ९ लाख ८२ हजार ५ सय ६१ जना विदेशी नेपालबाट फर्केको देखिएको छ।
विदेशी नागरिकहरू अधिकांश नेपाल घुम्ने प्रयोजनका लागि नेपाल आउने गर्दछन् । नेपालको अध्यागमनले विदेशी नागरिकहरूलाई पर्यटक भिसा, श्रम भिसा, अध्ययन भिसालगायतका विभिन्न १० प्रकारका भिसा उपलब्ध गराउँदै आएको छ ।
यस्तै, नेपालीहरू अध्ययन र श्रमका साथ पर्यटन तथा व्यवसायका लागि पनि विदेश जाने गर्छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १७ पुस २०८२, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको कुशीनगरमा बन्धक बनाइएका ४ सय ५३ नेपालीको उद्धार
नेपालीलाई श्रीलङ्काको ३० दिने नि:शुल्क अनलाइन भिसा
अबुधाबीमा मिसाइल र ड्रोनको अवशेष खस्दा ७ नेपाली घाइते
कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार
कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने
इरानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह