काठमाडौँ । सरकारले इरानमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले ‘ट्राभल एडभाइजारी’ जारी गर्दै सावधानी अपनाउन अनुरोध गरेको हो ।
इरानमा बसोबास गर्ने र काम गर्ने नेपालीलाई इरानका अधिकारीहरूले अघि सारेको सुरक्षा सल्लाह पालना गर्न, घर भित्रै बस्न, सतर्क रहन र सावधानी अपनाउन अनुरोध गरेको हो ।
परराष्ट्रले इरान जान चाहने नेपालीलाई इरानको अवस्था सामान्य नहुँदासम्म आफ्ना योजना अघि नबढाउन समेत अनुरोध गरेको छ ।
इरानमा रहेका नेपालीलाई आपत्कालीन अवस्था आएको खण्डमा परराष्ट्र मन्त्रालय, काठमाडौँ र दोहास्थित नेपाली दूतावासमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।
इरानमा हाल सरकार विरोधी प्रदर्शन चर्किँदै गएको छ । प्रदर्शनका कारण हालसम्म सयौँ मानिसको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ पुस २०८२, २० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
इरानसँग प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको राष्ट्रपति ट्रम्पको घोषणा
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत