इरानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह

सफल खबर संवाददाता

मंगलबार, २९ पुस २०८२, २० : २३
इरानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह

काठमाडौँ । सरकारले इरानमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले ‘ट्राभल एडभाइजारी’ जारी गर्दै सावधानी अपनाउन अनुरोध गरेको हो ।

इरानमा बसोबास गर्ने र काम गर्ने नेपालीलाई इरानका अधिकारीहरूले अघि सारेको सुरक्षा सल्लाह पालना गर्न, घर भित्रै बस्न, सतर्क रहन र सावधानी अपनाउन अनुरोध गरेको हो ।

परराष्ट्रले इरान जान चाहने नेपालीलाई इरानको अवस्था सामान्य नहुँदासम्म आफ्ना योजना अघि नबढाउन समेत अनुरोध गरेको छ ।

इरानमा रहेका नेपालीलाई आपत्कालीन अवस्था आएको खण्डमा परराष्ट्र मन्त्रालय, काठमाडौँ र दोहास्थित नेपाली दूतावासमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।

इरानमा हाल सरकार विरोधी प्रदर्शन चर्किँदै गएको छ । प्रदर्शनका कारण हालसम्म सयौँ मानिसको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस