काठमाडौं । महानगरीय प्रहरीवृत्त सातदोबाटोले विभिन्न स्थानमा जुवातास खेलिरहेका ११ जुवाडेलाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका वडा नं १४ नखीपोटमा रहेको सुरज बस्नेतकोे घरको दोस्रो तलाबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई आज नियन्त्रणमा लिएको हो । पाँचथर अमरपुर वडा नं २ घर भएका कृष्णकुमारी लिम्बूले घर भाडामा लिइ जुवातास खेलाइरहनुभएको जनाइएको छ ।
पक्राउपर्ने लिम्बुसहित प्रभुराज राई, इन्टर राई, ज्ञानेन्द्र हुमागाईं, विजय पराजुली, नवीन नेपाली र प्रेमकुमारी लिम्बू रहेका छन् । उनीहरुलाई रु एक लाख ११ हजार नगदसहित नियन्त्रणमा लिएको सातदोबाटोका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिनुभयो । उहाँले गोदावरी नगरपालिका वडा नं १ गोदामचौर सातथलीबाट जुवाडे रुपक कार्की, नवराज कार्की, गौतम कार्की र प्रताप लामालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०३ फागुन २०७६, २१ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ
चोरीको मोटरसाइकल बेच्न खोज्ने दुई जना पक्राउ
जेनजी आन्दोलनमा कारागारबाट भागेर प्रहरीको हतियार लुट्ने पक्राउ
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ