काठमाडौं । सर्लाही प्रहरीले लागुऔषधसहित चारजनालाई नियन्त्रणमा लिएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ को श्रीनगरबाट अवैध लागुऔषध नाइट्रोभ्याट, स्पास्मो र एक्सप्लोन सिरफसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
ईश्वरपुर नगरपालिका–१३ को श्रीनगरबाट अवैध लागुऔषध नाइट्रोभ्याट १० लेखिएको ३०० ट्याब्लेट, स्पास्मो १४४ ट्याब्लेट र एक्सप्लोन सिरफ पाँच हजार १०० सय मिलिलिटरसहित दुईवटा मोटरसाइकल र त्यसमा सवार चार जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय केशरगञ्ज बयलवासले जनाएको छ ।
बुधबार दिउँसो गस्ती गर्ने क्रममा ईश्वरपुर नगरपालिका–१३ को श्रीनगरबाट सो परिमाणको अवैध लागुऔषध बरामद गरेको इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासका प्रहरीप्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिनुभयो । पक्राउ पर्नेमा महोत्तरी बर्दिबास नगरपालिकाका खगेन्द्र महतो, सुजित मगर, सरोज बलम्पाकी मगर र दिलबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासका प्रहरीप्रमुख तथा प्रहरी निरीक्षक गुरुङले बताउनुभयो । उनीहरुले प्रयोग गरेको दुई मोटरसाइकलसहित ६ थान मोबाइल प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक गुरुङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०२ फागुन २०७६, २१ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुन्डा नाइके राजु गोर्खाली पक्राउ
६ करोड बराबरको क्रिप्टो कारोबार गरेको आरोपमा ४ जना पक्राउ
नापी कार्यालय खैरहनीका हाकिमलाई मोसो दल्ने एकजना पक्राउ
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ