चितवन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वका कम्युनिष्टहरुमा लाग्दै आएको एउटा रोग नेपालमा नलागोस् भनेर कामना गर्नुभएको छ ।
नेकपा चितवनले आयोजना गरेको जनआन्दोलन तथा जनयुद्धका शहीदहरुको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा अध्यक्ष प्रचण्डले युद्धको क्रममा जनतासँग बस्ने, जनताले जे खान्छन्, त्यही खाने, दिनरात भोकभोकै लड्नसक्ने विश्वका कम्युनिष्टहरु जब सत्तामा पुगेपछि त्यसो गर्न नसक्ने हुँदा आफैँ सिद्धिने अवस्थामा पुगेका बताउँदै भन्नुभयो, ‘विश्वका कम्युनिष्टहरुको त्यो रोग नेपाललाई नलागोस्, त्यसको निम्ती के गर्ने भन्ने विषय नै आजको ऐतिहासिक आवश्यकता हो ।
श्रद्धाञ्जली सभामा अध्यक्ष प्रचण्डले पार्टी समाजवादको यात्रामा अघि बढिरहेको बताउनुभयो । उहाँले पार्टी एकता धेरै वर्षको मिहिनेत, बहस र नेतृत्वका कारण सफल भएको बताउँदै भन्नुभयो, ‘केन्द्रीय समितिको बैठकले अन्तरघुलन गरी पार्टीलाई नयाँ उचाइमा लगेको छ ।’
कार्यक्रममा अध्यक्ष प्रचण्डले सामान्तवादमाथि विजयी भएर पार्टी समाजवादको यात्रामा गइरहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘कसैको नक्कल गरेर हामी यहाँसम्म आएका होइनौँ, हाम्रो क्रान्ति न चीनको जस्तो छ, न रुषको जस्तो छ, न भियतनाम न क्यूबाको जस्तो छ ? हाम्रो कान्ति नेपालको जस्तो छ ।’
उहाँले १० वर्षभन्दा बढी विद्रोह नगरी शान्तिपूर्ण तरिकाले विचार र तर्कको लडाइँमा आउँदा नै आज यो गणतन्त्र नेपालको परिस्थितिमा आइपुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘१० वर्ष विद्रोह गरियो, अब जेजे भए पनि आँखा चिम्लेर लास्टसम्म विद्रोह गरौँ भनेर लागेको भए हाम्रो स्थिति श्रीलंकाको तमिलजस्तो हुने थियो, पेरुको गुन्जाओजस्तो हुने थियो, फिलिपिन्स, टर्की र कोलम्बियाको जस्तो या अन्य असफल आन्दोलनजस्तो हुने थियो ।’
अध्यक्ष प्रचण्डले वार्ता र संवादबाट शान्पिूर्ण वार्तामा आएर आज दुई पार्टी एकीकरण गरी झन्डै दुई तिहाइको सरकार बनाउन सक्ने कुरालाई चानचुने कुरा निलन सबैमा आग्रह गर्नुभएको थियो । उहाँले सहिदप्रति श्रद्धाञ्जली तथा बेपत्ता परिवारप्रति सम्मान गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ फागुन २०७६, १६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?