काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव नेपाल ट्युनिसीया पुगेका छन् । २६ गते मध्यरातमा उनी पार्टीका अर्का केन्द्रीय सदस्य बलराम बास्कोटालाई साथमा लिएर ट्युनिसीया हान्निएका हुन् । उनी नेकपाका विदेश मामिला विभाग प्रमुख पनि हुन् ।
कतार हुँदै नेपाल त्यसतर्फ प्रस्थान गरेका हुन् । शनिबार मध्यरात २ बजे नेताद्वय कतार एयरवेजको प्लेनमा त्यसतर्फ प्रस्थान गरेको नेकपाले जनाएको छ । नेपालको विदेश भ्रमण भइँरहँदा नेपालभित्र भने उनलाई ललिता निवास प्रकरणमा दोषी करार गरेर अख्तियारले मुद्दा दर्ता नगरेको भद्र प्रतिपक्षी कांग्रेसलगायतले आलोचना गरिरहेको छ ।
प्रधानमन्त्री निवाससँगै रहेको बालुवाटारको ललिता निवासको सरकारी जग्गा भू–माफियाहरूलाई फाइदा पुग्ने गरी गरिएको मन्त्रिपरिषद्को निर्णय गराउने बेला माधव नेपाल प्रधानमन्त्री थिए ।
प्रधानमन्त्री निवासभित्रको जग्गा मोही र जग्गाधनीलाई सट्टापट्टा दिने प्रस्ताव लैजाने तालुकदार मन्त्रालय भौतिक योजना होइन, भूमिसुधार मन्त्रालय हो । तर कांग्रेसका नेता गच्छदारले उक्त प्रस्ताव लैजानु र त्यसबेलाको दुई निर्णय माधव नेपालले प्रधानमन्त्रीको हैसियतमा गरेका कारण माधव नेपाल प्रति पनि यो प्रकरणमा अहिले औला उठिरहेको छ ।
तत्कालीन भौतिक योजनामन्त्री विजय गच्छदारले प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए । भौतिक योजना सचिवका रूपमा उक्त प्रस्ताव दीप बस्नेतले तयार गरेका थिए । त्यही भएर अख्तियारले गच्छदार र बस्नेतविरूद्ध पनि मुद्दा दायर गरेको हो । तर कांग्रेसले अहिले नेकपा सरकारको छायाँमा अख्तियार रहेको र उसले पूर्वाग्रहका आधारमा नेकपा नेताहरुलाई काखमा राखेर अन्यलाई छानीछानी मुद्दा चलाएको आरोप लागिरहेको छ ।
प्रतिपक्षी कांग्रेसले सडकमै ‘नेपाल–पौडेल ओलीका यार, गच्छेदार अख्तियारका मतियार’ भन्ने नारा उरालिरहेका छन् भने सदनमा पनि उसले निरन्तर अवरोध गर्दै आइरहेको छ । तर हिजो बसेको कांग्रेस पार्टी केन्द्रीय समितिले सदनको अवरोध खोलेर गच्छेदारले कानुनी झमेलाको सामना गर्ने र अख्तियारको पूर्वाग्रहका विरुद्ध भने आवज उठाउने गरी निर्णय लिएको छ । यो निर्णयपछि आजका लागि बोलाइएको संसद बैठक भने सुचारु हुने संकेत देखिएको छ ।
अख्तियारले ललिता निवास प्रकरणमा कांग्रेस उपसभापति विजय गच्छेदारसहित १७५ माथि मुद्दा चलाउँदै गर्दा नेकपाका नेताहरु माधव नेपाल र बालुवाटारमा आठ आना जग्गा किनेका विष्णु पौडेललाई भने कारवाहीको दायरामा नपारिएको आरोप कांग्रेसलगायतले लगाइरहेका छन् ।
२६ गते बिहान विराटनगर पुगेका नेकपा वरिष्ठ नेता नेपालले उक्त जग्गा प्रकरणमा आफनो दोष नरहेको प्रष्टिकरण दिएका थिए । त्यही दिन उनी बिहान विराटनगर पुगेको र साँझ काठमाडौं फर्केर मध्यरात २ बजे ट्युनिसीयाका लागि उडेका हुन् । उनी ट्युनिसीयामा हुन लागेको एक अन्तर्राष्टिय सेमिनारमा सहभागी हुनका लागि त्यसतर्फ लागेको नेकपाले जनाएको छ । नेता नेपाल फागुन ५ गतेमात्र स्वदेश फर्किने गरी त्यसतर्फ लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ माघ २०७६, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव