काठमाडौं । प्रहरीले सिन्धुलीमा रहेको आश्रमस्थलमा गरेको व्यवहारप्रति बोधी श्रवण धर्म सङ्घले आपत्ति जनाएको छ । सङ्घले आज पत्रकार सम्मेलनमा प्रहरीले गरेको तोडफोड र अमानवीय व्यवहार गरेको भन्दै आपत्ति जनाएको हो ।
यही माघ २४ गते बिहानै प्रहरीले हात हतियारसहित विनासूचना बोधी श्रवण धर्म सङ्घको आस्थाको केन्द्रमा महासम्बोधी धर्म सङ्घ गुरुको बासस्थान प्रवेश मूलद्वारको ताला तोडफोड गरेकामा आपत्ति रहेको सो अवसरमा वितरित बोधी श्रवण धर्म सङ्घका अध्यक्ष नीलबहादुर थिङ्गद्वारा हस्ताक्षरित मैत्रीय विज्ञप्तिमा उल्लेख गरिएको छ ।
शान्त तथा शालीन मैत्रीय वातावरण र धार्मिक आस्थामाथि छालाको जुत्तासहित प्रवेश गरी गोली पड्काउँदै आतङ्कित बनाई अमिलो र बिझाउने शब्दको प्रयोग भएकामा समेत सङ्घले आपत्ति जनाएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा धर्म सङ्घले सरकारसमक्ष न्याय, न्यायोचित विधि, प्रक्रिया र व्यवहारमा सदा साथ दिने प्रतिबद्धता जनाउँदै विधि र प्रक्रियाबाट समस्याको समाधान गर्न सम्बन्धित सबैमा मैत्रीय आग्रह गरिएको छ ।
यसका साथै विज्ञप्तिमा बोधी मार्ग दर्शन मैत्री धर्ममा देश तथा विदेशमा रहनुभएका सङ्घ भक्त, अनुयायी तथा शुभचिन्तकमा धर्मप्रति मैत्रीय व्यवहार र आचरणमा अविचल रहन र आवेग, उत्तेजनामा नआउन मैत्रीय ध्यानाकर्षण गराइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २७ माघ २०७६, १९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा ठेक्का सम्झौता रद्द
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
सशस्त्र प्रहरीको साहस र समर्पण: नागरिकको ज्यान जोगाउने हाम्रो पहिचान — राजु अर्याल
प्रहरीमा दिइएका निवेदन-जाहेरीको प्रगतिबारे अब फोन वा एसएमएसबाटै जानकारी