काठमाडौं । सत्तारुढ दल नेकपाको केन्द्रीय समितिको बैठक पछि पहिलो पटक पार्टी सचिवालय बैठक बस्दैछ । अहिले विहान ११ वजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्न लागेको हो ।
बैठकले केन्द्रीय समितिले पारित गरेको राजनीतिक प्रतिवेदनमा आएका सुझावलाई अन्तिम रुप दिने, बाँकी एकताका कामलाई टुग्गो लगाउन निर्देशन गर्ने र संगठन विभागलाई प्रदेश २ को विवाद समाधानका लागि आन्तरिक तयारीको निर्देशन दिने लगायतका विषयमा निर्णय लिनेछ ।
त्यस्तै बैठकले उपसभामुख चुनावका लागि पनि आन्तरिक छलफल गर्ने बताईएको छ । बैठकमा एमसीसी परियोजनाका विषयमा अध्ययन गर्न गठित पार्टी कार्यदलले गरेका अहिलेसम्मका अध्ययनका विषयमा पन िसामान्य परामर्श हुने बताईएको छ ।
नेकपाले पार्टीभित्र एमसीसीका विषयमा अध्ययन गर्नका लागि वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा नेताहरु भीम रावल र प्रदीप ज्ञवाली रहेको अध्ययन कार्यदल पनि बनाएको थियो ।
चीनको वुहानमा कोरेना भाइरसको त्रासवाट अत्तालिएका नेपलीहरुलाई घर फिर्ता अभियानमा ल्याउन सरकारले गरिरहेको आलटालका विषयमा पनि सचिवालय बैठकमा एजेण्डा बनेर छलफल हुन सक्ने बताईएको छ । नेकपाका एक सचिवालय सदस्यले भने, – एजेण्डा समसामायिक हुने भनिएको छ, समग्र विषयमा छलफल हुनसक्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ माघ २०७६, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै