काठमाडौं । सत्तारुढ दल नेकपाको केन्द्रीय समितिको बैठक पछि पहिलो पटक पार्टी सचिवालय बैठक बस्दैछ । अहिले विहान ११ वजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्न लागेको हो ।
बैठकले केन्द्रीय समितिले पारित गरेको राजनीतिक प्रतिवेदनमा आएका सुझावलाई अन्तिम रुप दिने, बाँकी एकताका कामलाई टुग्गो लगाउन निर्देशन गर्ने र संगठन विभागलाई प्रदेश २ को विवाद समाधानका लागि आन्तरिक तयारीको निर्देशन दिने लगायतका विषयमा निर्णय लिनेछ ।
त्यस्तै बैठकले उपसभामुख चुनावका लागि पनि आन्तरिक छलफल गर्ने बताईएको छ । बैठकमा एमसीसी परियोजनाका विषयमा अध्ययन गर्न गठित पार्टी कार्यदलले गरेका अहिलेसम्मका अध्ययनका विषयमा पन िसामान्य परामर्श हुने बताईएको छ ।
नेकपाले पार्टीभित्र एमसीसीका विषयमा अध्ययन गर्नका लागि वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा नेताहरु भीम रावल र प्रदीप ज्ञवाली रहेको अध्ययन कार्यदल पनि बनाएको थियो ।
चीनको वुहानमा कोरेना भाइरसको त्रासवाट अत्तालिएका नेपलीहरुलाई घर फिर्ता अभियानमा ल्याउन सरकारले गरिरहेको आलटालका विषयमा पनि सचिवालय बैठकमा एजेण्डा बनेर छलफल हुन सक्ने बताईएको छ । नेकपाका एक सचिवालय सदस्यले भने, – एजेण्डा समसामायिक हुने भनिएको छ, समग्र विषयमा छलफल हुनसक्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ माघ २०७६, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान