भाले गैँडाको आक्रमणबाट पाँच महिनाको पोथी गैँडा मर्‍यो

रासस

शनिबार, २५ माघ २०७६, १६ : ०४
भाले गैँडाको आक्रमणबाट पाँच महिनाको पोथी गैँडा मर्‍यो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कुजौली पोष्ट क्षेत्रमा पाँच महिनाको पोथी गैँडा मृत अवस्थामा भेटिएको छ । 

निकुञ्जका निमित्त प्रमुख बेदबहादुर खड्काका अनुसार शुक्रबार नवलपुरको देवचुली नगरपालिका वडा नं १७ मा बच्चा गैँडा मृत अवस्थामा भेटिएको हो । मृत गैँडाको शरीरमा चोटैचोट भेटिएको खड्काले जानकारी दिनुभयो । 

भालेको आक्रमणबाट उक्त पोथी गैँडा मरेको हुनसक्ने उहाँले बताउनुभयो । चालू आवमा चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मर्ने गैँडा योसँगै १५ पुगेको छ ।  (रासस)