चितवन । चितवन राष्ट्रिय निकुञ्जको कुजौली पोष्ट क्षेत्रमा पाँच महिनाको पोथी गैँडा मृत अवस्थामा भेटिएको छ ।
निकुञ्जका निमित्त प्रमुख बेदबहादुर खड्काका अनुसार शुक्रबार नवलपुरको देवचुली नगरपालिका वडा नं १७ मा बच्चा गैँडा मृत अवस्थामा भेटिएको हो । मृत गैँडाको शरीरमा चोटैचोट भेटिएको खड्काले जानकारी दिनुभयो ।
भालेको आक्रमणबाट उक्त पोथी गैँडा मरेको हुनसक्ने उहाँले बताउनुभयो । चालू आवमा चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मर्ने गैँडा योसँगै १५ पुगेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २५ माघ २०७६, १६ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मकैबारीमा भाले गैँडा मृत भेटियो
गैँडाको खागसहित चारजना पक्राउ
साउनयता नौ गैँडाको मृत्यु
गैँडाको आक्रमण परि एक वृद्धको मृत्यु
गैँडाले आक्रमण गर्दा एकजना घाइते
सौराहामा हुर्काइएकी ‘पूजा’ लाई चिडियाखाना पठाइयो