नवलपरासी । नवलपरासी पूर्वमा आज बिहान गैँडाले आक्रमण गर्दा एकजना घाइते भएका छन्।
मध्यविन्दु नगरपालिका–२ सेहरी निवासी ४५ वर्षीय रेशमलाल महतोलाई गैँडाले आक्राण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।
बिहीबार बिहान घर नजिकैको बाटोमा हिँडिरहेको बेला उनलाई एक्कासी गैँडाले आक्रमण गरेको हो।
जिल्ला प्रहरी कार्यालयका डीएसपी मधु नेपालका अनुसार गैँडाको आक्रमणबाट महतोको दुबै खुट्टामा चोट लागेको छ। उनको हाल मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ।
महताेलाई आक्रमण गर्ने गैँडा जंगलतिर भागेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ जेठ २०८२, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैँडाको खागसहित चारजना पक्राउ
साउनयता नौ गैँडाको मृत्यु
गैँडाको आक्रमण परि एक वृद्धको मृत्यु
सौराहामा हुर्काइएकी ‘पूजा’ लाई चिडियाखाना पठाइयो