गैँडाको आक्रमण परि एक वृद्धको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०२ असार २०८२, ०९ : १७
गैँडाको आक्रमण परि  एक वृद्धको मृत्यु

चितवन । चितवनमा गैँडाले आक्रमण गर्दा ६० वर्षका एक वृद्धको मृत्यु भएकाे छ।

गएराति राप्ती नदीमा माछा मार्ने क्रममा गैँडाको आक्रमण गर्दा भरतपुर महानगरपालिका २८ मेघौलीका ६० वर्षी जंगे कुमालकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।

सेराइ होटल पछाडि रहेको राप्ती खोलामा आइतबार राति ८ बजे माछा मार्न गएका उनलाई गैँडाले आक्रमण गरेकाे  थियाे।

गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका कुमारको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यलय दिव नगरका प्रहरी नायब निरीक्षक विनोद अधिकारीले जानकारी दिए।