सिरहा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले सामन्तवाद विरुद्धको विद्रोहको सम्पूर्ण तयारी आफूले तराई–मधेसबाट गरेको बताउनुभएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आयोजित दोस्रो झण्डा महोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्षले भन्नुभयो,‘ मैले सामन्तवाद विरुद्धको विद्रोहको तयारी तराई–मधेशबाट गरेको थिएँ र जनयुद्धमा पनि यहाँबाट नै सबैभन्दा बढी सहादत भएको छ । नेपालको इतिहासमा यति ठूलो वलिदान, त्याग र तपस्या अर्को कुनै आन्दोलनमा भएकै थिएन । यस अर्थमा म तपाईहरुको ऋणी छु ।’
मधेस आउँदा आफूलाई कुनै नौलो ठाउँ गएजस्तो नलाग्ने बरु माइतीघर आए जस्तो लाग्ने गरेको उहाँको भनाई थियो । उहाँले तराई–मधेस हिमाल पहाडको एकता टुट्न नदिने जिम्मेवारी आफूले महशुस गर्ने गरेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘आउने दिनमा हाम्रो पार्टी आवश्यकताका आधारमा संविधानलाई परिमार्जन गर्ने र संविधानको संशोधन प्रक्रिया अगाडि बढाउने कुरामा सकारात्मक रहेको म जानकारी दिन चाहन्छु ।’
‘हाम्रो पार्टी र सरकारले तराई–मधेस विकास र समृद्धिमा जोड दिएको छ, ’ उहाँले भन्नुभयो, ‘तराई–मधेस बिनाको पहाड र पहाड बिनाको तराई मधेसको कल्पना गर्न सकिन्न । इतिहासदेखि नै काठमाडौं र तराई–मधेसका संस्कृति र सम्पदा अभिन्न रुपले गाँसिएका छन् ।’ उहाँले तराई–मधेस, पहाड, हिमाललाई जोडेर समृद्धिको यात्रा तिर देशलाई लिएर जाने र आफ्नो बाँकी जीवन यी क्षेत्रका जनताको समृद्धि, समाजवादको निर्माण र सामाजिक न्यायको निम्ति बिताउने सङ्कल्प गरिसकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ माघ २०७६, १६ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?