काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कागजमा लोकतन्त्र र निर्वाचन पद्धति राख्दैमा जनताका अधिकार सुरक्षित हुन नसक्ने भएकाले युवा वर्ग सचेत हुनुपर्ने बताउनुभएको छ । सेन्टर फर डेमोक्रेसीले आज यहाँ आयोजना गरेको ‘नेपालमा लोकतन्त्रका चुनौती र अबको बाटो’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले बोल्न, स्वतन्त्रतापूर्वक व्यवसाय गर्न र निजी सम्पत्ति जोड्न पनि लोकतान्त्रिक व्यवस्थाको विकल्प नभएकामा जोड दिनुभयो ।
लोकतान्त्रिक संस्कृतिकै लागि प्रतिपक्षमा भएर पनि काँग्रेसले जिम्मेवार राजनीतिक दलको भूमिकामा लागेको प्रवक्ता शर्माले सुनाउनुभयो । राणा, पञ्चायत र राजाले समेत लोकतन्त्रमाथि आक्रमण गर्दा टिक्न नसकेको इतिहास अध्ययन गरेर सच्चिन उहाँले सरकारलाई सुझाव दिनुभयो ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेले लोकतान्त्रिक पद्धतिबाट नै लोकतन्त्रमाथि खतरा उत्पन्न हुन थाल्नु समृद्ध मुलुक निर्माणका लागि सकारात्मक हुन नसक्ने बताउनुभयो । चुनाव महँगो हुँदै जाँदा राजनीतिक भ्रष्टाचार बढ्नुले पनि लोकतन्त्रमाथि कालो बादल मडारिए जस्तै भएको उहाँको भनाइ थियो ।
वरिष्ठ पत्रकार बबिता बस्नेतले प्रदेश नं ३ को नामकरणका सन्दर्भमा नेकपाको सचिवालयले निर्णय गरेर प्रदेशसभामा पठाउनुले लोकतान्त्रिक अभ्यासको चित्र प्रस्तुत गरेको बताउनुभयो । कार्यक्रममा आयोजक समितिका अध्यक्ष भरत बडायर जोशी, महासचिव विकल राईलगायत युवाले लोकतन्त्रमाथि भइरहेको आक्रमणका बारेमा साप्ताहिकरुपमा बहस गर्दै जाने जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १८ माघ २०७६, १९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पराजयको सम्पूर्ण दोष बोक्न तयार छु: विश्वप्रकाश शर्मा
मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
मतदान पछि विश्वप्रकाश शर्माले भने- भयरहित वातावरणमा मतदान गरौँ
शेरबहादुर देउवालाई विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएका हौँ : विश्वप्रकाश शर्मा
चुनावपछि काँग्रेस पहिलो पार्टी बन्ने विश्वप्रकाश शर्माको दाबी
‘पहिलो हुने दलको प्रधानमन्त्रीलाई पूरै ५ वर्ष सरकार चलाउने सुनिश्चितता गरौँ’ : विश्वप्रकाश शर्मा