काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कागजमा लोकतन्त्र र निर्वाचन पद्धति राख्दैमा जनताका अधिकार सुरक्षित हुन नसक्ने भएकाले युवा वर्ग सचेत हुनुपर्ने बताउनुभएको छ । सेन्टर फर डेमोक्रेसीले आज यहाँ आयोजना गरेको ‘नेपालमा लोकतन्त्रका चुनौती र अबको बाटो’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले बोल्न, स्वतन्त्रतापूर्वक व्यवसाय गर्न र निजी सम्पत्ति जोड्न पनि लोकतान्त्रिक व्यवस्थाको विकल्प नभएकामा जोड दिनुभयो ।
लोकतान्त्रिक संस्कृतिकै लागि प्रतिपक्षमा भएर पनि काँग्रेसले जिम्मेवार राजनीतिक दलको भूमिकामा लागेको प्रवक्ता शर्माले सुनाउनुभयो । राणा, पञ्चायत र राजाले समेत लोकतन्त्रमाथि आक्रमण गर्दा टिक्न नसकेको इतिहास अध्ययन गरेर सच्चिन उहाँले सरकारलाई सुझाव दिनुभयो ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेले लोकतान्त्रिक पद्धतिबाट नै लोकतन्त्रमाथि खतरा उत्पन्न हुन थाल्नु समृद्ध मुलुक निर्माणका लागि सकारात्मक हुन नसक्ने बताउनुभयो । चुनाव महँगो हुँदै जाँदा राजनीतिक भ्रष्टाचार बढ्नुले पनि लोकतन्त्रमाथि कालो बादल मडारिए जस्तै भएको उहाँको भनाइ थियो ।
वरिष्ठ पत्रकार बबिता बस्नेतले प्रदेश नं ३ को नामकरणका सन्दर्भमा नेकपाको सचिवालयले निर्णय गरेर प्रदेशसभामा पठाउनुले लोकतान्त्रिक अभ्यासको चित्र प्रस्तुत गरेको बताउनुभयो । कार्यक्रममा आयोजक समितिका अध्यक्ष भरत बडायर जोशी, महासचिव विकल राईलगायत युवाले लोकतन्त्रमाथि भइरहेको आक्रमणका बारेमा साप्ताहिकरुपमा बहस गर्दै जाने जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १८ माघ २०७६, १९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वन क्षेत्र जोगाउन साझा मत बनाऔँ: विश्वप्रकाश शर्मा
सहमतिभन्दा बाहिर चलिरहे सहकार्यमा दरार आउन सक्ने एमालेलाई विश्वप्रकाशको चेतावनी
आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैन: विश्वप्रकाश शर्मा
‘कुलिङ पिरियड’मा भएको फेरबदल गम्भीर त्रुटि हो, हामी सबै त्यसका अंशियार छौँ: विश्वप्रकाश
गृहमन्त्रीमाथि उजुरी परेको छैन, अनुसन्धान उहाँसम्म पुगे पद छाड्नुहुन्छ : विश्वप्रकाश शर्मा
शिक्षकलाई जस्तै निजामती कर्मचारीलाई पनि सडकमै पुग्ने वातावरण नबनाऔँ: विश्वप्रकाश शर्मा