काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभिन्न गुट सक्रिय रहेको र पार्टीभित्र अन्तर्घात र अराजकताका प्रवृत्ति कायम रहेको तथ्यलाई नेतृत्वले औपचारिक रुपमा स्वीकार गरेको छ ।
पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदनमा पार्टीभित्र विभिन्न गुटहरु सक्रिय रहेको उल्लेख छ । ‘पार्टीभित्र घात, अन्तर्घात र अराजकताका प्रवृत्तिहरु कायम छ,’ राजनीतिक प्रतिवेदनमा भनिएको छ ।
पार्टी अनुशासनको स्थान गुट अनुशासनले लिने हो कि भन्ने खतरासमेत दिन प्रतिदिन बढ्दै गइरहेको जिकिर प्रतिवेदनमा गरिएको छ । ‘आलोचना, आत्मालोचना, राम्रो काम गर्नेलाई प्रोत्साहन, गल्ती गर्नेलाई दुरुत्साहन गर्नेजस्ता सजिव र गतिशील कम्युनिस्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालनाको स्तर निकै कमजोर अवस्थामा छ,’ राजनीतिक प्रतिवेदनमा भनिएको छ ।
उपरोक्त स्थितिमा सुधार ल्याउन विचार र विधिमा स्पष्टतासहित दृढ इच्छाशक्ति र सङ्कल्पका साथ अगाडि बढ्नु्को विकल्प रहेको पनि प्रतिवेदनमा औँल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ माघ २०७६, १६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान