काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभिन्न गुट सक्रिय रहेको र पार्टीभित्र अन्तर्घात र अराजकताका प्रवृत्ति कायम रहेको तथ्यलाई नेतृत्वले औपचारिक रुपमा स्वीकार गरेको छ ।
पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदनमा पार्टीभित्र विभिन्न गुटहरु सक्रिय रहेको उल्लेख छ । ‘पार्टीभित्र घात, अन्तर्घात र अराजकताका प्रवृत्तिहरु कायम छ,’ राजनीतिक प्रतिवेदनमा भनिएको छ ।
पार्टी अनुशासनको स्थान गुट अनुशासनले लिने हो कि भन्ने खतरासमेत दिन प्रतिदिन बढ्दै गइरहेको जिकिर प्रतिवेदनमा गरिएको छ । ‘आलोचना, आत्मालोचना, राम्रो काम गर्नेलाई प्रोत्साहन, गल्ती गर्नेलाई दुरुत्साहन गर्नेजस्ता सजिव र गतिशील कम्युनिस्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालनाको स्तर निकै कमजोर अवस्थामा छ,’ राजनीतिक प्रतिवेदनमा भनिएको छ ।
उपरोक्त स्थितिमा सुधार ल्याउन विचार र विधिमा स्पष्टतासहित दृढ इच्छाशक्ति र सङ्कल्पका साथ अगाडि बढ्नु्को विकल्प रहेको पनि प्रतिवेदनमा औँल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ माघ २०७६, १६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?