मुटु नभएका सम्पादकहरुलाई प्रधानमन्त्रीले किन बीच बाटोबाटै फर्काइ दिए ?

मंगलवार प्रधानमन्त्री निवास बालुवाटार निम्ताईएका सम्पादकहरुलाई अन्तिम समयमा प्रधानमन्त्री ओलीले फकाईदिएका छन्

सफल खबर संवाददाता

बुधबार, १५ माघ २०७६, ०८ : ४६
मुटु नभएका सम्पादकहरुलाई प्रधानमन्त्रीले किन बीच बाटोबाटै फर्काइ दिए ?

file photo

काठमाडौं । प्रधानमन्त्री केपी ओली आफैंले निम्तो बाँडेर बोलाएका सम्पादकहरुलाई बीच बाटो बाटै फर्काइएको छ । घटना हिजो मंगलबारको हो । २९ पुसमा नेपाल चेम्वर अफ कर्मसका प्रतिनिधीमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सरकारका राम्रा कामको समाचार बनाउने मन–मुटु भएका सम्पादक नभएको टिप्पणी गरेपछि सम्पादकहरु प्रधानमन्त्रीसँग झनै असन्तुष्ट भएका थिए ।

त्यस बेला प्रधानमन्त्रीले सम्पादकहरुलाई लक्षित गर्दै भनेका थिए,–‘हामीले काम गरेका छौं । त्यस्ता कामहरूको प्रशंसामा लेख्ने, प्रसारण गर्ने टेलिभिजन छैनन् । त्यस्ता कामबारे छाप्ने पत्रपत्रिका छैनन् । त्यस्ता कामको प्रशंसा गर्ने मुटु भएका, मन भएका सम्पादक छैनन्, छ्यास्स छुस्स कसैले लेखिहाल्यो भने पनि गाली खान्छ । राम्रा कुरा पनि गर्न थालिस् बिग्रिन्छस् भन्छन् । सकारात्मक कुरा पनि गर्न थालिस् भन्ने आउँछन् ।’ 

प्रधानमन्त्रीको त्यस्तो अभिब्यक्तीपछि सम्पादकहरुले आ–आफना ढंगले प्रधानमन्त्रीको असन्तुष्टि प्रति रोष ब्यक्त गरे । खासगरी अनलाइनखबरका सम्पादक अरुण बराल र नयाँ पत्रिका दैनिकका सम्पादक उमेश चौहानले लेख नै लेखेर गरेको टिप्प्णी सञ्चारमाध्यमका बीचमा चर्चा चलिरहे । पछिल्ला दिनमा यति लाई सरकारले जताततै दिएको छुट साम्राज्य र सरकारको दिन प्रतिदिन आलोचना बढ्न थालेपछि त्यसका बारेमा सम्पादकहरुलाई ब्रिफिङ गर्न प्रधानमन्त्रीले चाहेका थिए ।

पार्टी बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले सम्पादकहरुलाई बोलाएर आफनो कामका बारेमा गर्न खोजेको बिफ्रिङबाट आलोचना मत्थरका लागि भूमिका खेल्ने प्रधानमन्त्रीको विश्वास थियो । आफुले सरकारको नेतृत्व सम्हालेको २ वर्ष पुग्न लागेको सन्र्दभमा पनि प्रधानमन्त्रीले सम्पादकलाई बालुवाटार बोलाई सम्वन्ध स्थापित गराउन खोजेका थिए ।

त्यसैका लागि मंगलवार बिहान ११ बजेका लागि प्रधानमन्त्री कार्यालय निम्ताईएका थिए प्रतिष्ठित सञ्चारमाध्यमका सम्पादकहरुलाई । प्रधानमन्त्रीको निम्तो पाएर बालुवाटार छिर्न लागेका सम्पादकहरुलाई अन्तिम समयमा मात्र आएर प्रधानमन्त्रीको कार्यब्यस्तताका कारण कार्यक्रम हाललाई स्थगित गरिएको सूचना पठाईएको थियो । प्रधानमन्त्रीको निम्तो मान्न कतिपय सम्पादकहरु बालुवाटार तिर लागिसकेका थिए ।

उनीहरु बीच वाटोवाटै फर्किएका थिए । ‘प्रधानमन्त्री ले भेटन खोज्नु भएको छ भनेर अघिल्लो दिन नै बालुवाटार आउन निम्तो आएको थियो, त्यही निम्तो अनुसार बालुवाटार जानका लागि हिडिसकेको थिए, तर बीच बाटोमा पुगेपछि आज प्रधानमन्त्री ब्यस्त हुनुहुने भयो, आजलाई भेटघाट स्थगित भन्ने सूचना आयो । अनि बीच बाटोबाटै फर्कियौं,’ दैनिक पत्रिकाका एक सम्पादकले भने ।

पार्टी बैठकको तयारी, संसदमा नवनिर्वाचित सभामुखलाई बधाई सम्बोधन, पार्टी प्रवास कमिटिका असन्तुष्टिको सम्बोधन, सचिवालय बैठक लगायतका कामको चापमा रहेको जनाउँदै प्रधानमन्त्री ओलीले मुटु नभएका सम्पादकहरुलाई बीच बाटोबाटै फिर्ता पठाईएका थिए । ओलीले सम्पादकलाई बोलाई गर्न खोजेको सम्बोधन आज उनले पार्टी केन्द्रीय समिति बैठकको उदघाटन मन्तब्यका क्रममा दिने योजना बनाएका छन् ।

सञ्चारमाध्यमहरुलाई पनि उदघाटनका क्रममा प्रवेश गर्न दिने गरी प्रधानमन्त्रीले त्यही अघिल्लो दिन सम्पादकहरुलाई गर्न खोजेको सम्बोधन सम्वाददाताका अगाडी दिन खोजेको प्रधानमन्त्रीको नीजि सचिवालयले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस