काठमाडौँ । प्रधानमन्त्री केपी ओली तथा नेकपाका तेस्रो वरीयताका वरिष्ठ नेता झलनाथ खनालबीच पौने चार घन्टा लामो संवाद भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारबाट अकस्मात बोलाइएपछि खनाल बिहीबार बिहान १० बजेतिरै त्यहाँ पुगेका थिए । उनीहरूबीच पौने २ बजेसम्म लगातार छलफल भएको हो ।
‘हामीबीच करिब पौने चार घन्टा दुःख–सुखका धेरै अनौपचारिक कुराकानी भयो,’ ओलीसँगको छलफलबारे खनालले भने, ‘जीवन, जगत, वर्तमान र भविष्यका चुनौती र सम्भावनाका बारेमा छलफल गर्यौँ ।’
सभामुख चयन प्रकरणमा पूर्वएमाले समूहका वरिष्ठ नेताद्वय खनाल, माधवकुमार नेपाल र वामदेव गौतमले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघि सारेका नेता अग्नि सापकोटालाई साथ दिएपछि अध्यक्ष ओलीले असहज महसुस गरेका थिए ।
सचिवालयमै अल्पमतमा पर्ने सम्भावना देखिएपछि ओली सापकोटाको नाममा निर्णयका लागि तयार भएको चर्चा नसेलाएकै अवस्थामा खनालसँगको लामो संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नयाँ पत्रिकामा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १० माघ २०७६, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'गिरिबन्धु, वाइडबडी, ओम्नीमा व्यक्तिको गल्ती हुनसक्छ, एमालेलाई जोडियो: केपी ओली
शंकर पोखरेल र विष्णु पौडेल ‘लोभीपापी’ भए : केपी ओली
केपी ओलीको बोलीले फेरि एमालेमा छटपटी
केपी ओलीको सचिवालय प्रमुखमा निरुदेवी पाल
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली