काठमाडौं । पार्टीमा एकलौटी निर्णय गर्न माहिर मानिएका प्रधानमन्त्री केपी ओली सभामुख चयन प्रक्रियामा पछि हटेका छन् । सकभर पार्टी निर्णय आफैले भने अनुसार हुनु पर्ने र त्यसै गदै आईरहेका ओली पछिल्लो पार्टी निर्णयमा पछि हटेर इतर पक्षको निर्णयमा सहमत भएका हुन् ।
बलात्कार प्रयासमा तत्कालिन सभामुख कृष्णबहादुर महराले संसदवाट राजीनामा दिएपछि उनी त्यो पदमा आफना विश्वासपात्र सुवास नेम्वाङलाई पु¥याउन चाहन्थे । त्यसका लागि उनले भगिरथ प्रयास पनि गरे । कहिले संसद नै बन्धक बने पनि बनोस तर अडान नछोड्ने नीति लिए, कहिले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई नै पनि उचालेर राजीनामामा दोहोरो रणनीति अख्तियार गरे ।
तर आखिरमा केही सीप नचलेपछि प्रधानमन्त्री ओली सभामुख उम्मेदवार चयनमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्तावमा सहमतिमा आईपुगेका थिए । त्यसपछि नै नेकपाले स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने सर्वसम्मत निर्णय लिएको थियो ।
पार्टी एकताको शक्ति सन्तुलन मिलाउनु पर्ने, नेता कार्यकर्ताको मनोविज्ञान बुभ्mनु पर्ने भन्दै पार्टी एकता पूर्वको भागबन्डाकै आधारमा प्रचण्ड सभामुख प्रस्ताव आफुले गर्न पाउनु पर्ने पक्षमा थिए । उनले त्यसैका लागि पार्टीभित्र नेताहरुसँग विभिन्न चरणमा कुराकानी गरेर प्रयास पनि गरे ।
ओली अनुभवी, योग्य र पूर्व समुहका आधारमा नभई सबैले रुचाइन सक्ने पात्रको खोजी गर्नुपर्ने भन्दै आफ्नै गुटका अति विश्वासपात्र नेम्वाङलाई सभामुख बनाउन अन्तिमसम्म पनि कसरतमा लागेका थिए । तर यो पटक अध्यक्ष प्रचण्डले पनि पार्टीभित्रका नेता कार्यकर्ताको मनोविज्ञान बुझेरै अग्निको नाममा चट्टानी अडान लिईरहे ।
त्यसपछि मात्र अग्नि सापकोटालाई सभामुख बनाउने निर्णयमा ओली लचक बनेर आईदिए । नेकपाभित्रका दुई अध्यक्षको आ–आफनो अडान जारी रहेको भए यो विषयमा पार्टीभित्र बहुमत÷अल्पमतकै अवस्था समेत आउन सक्ने थियो ।
सचिवालयका ९ सदस्य मध्ये पूर्व एमाले खेमाकै तीन जना नेताहरु झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतम सभामुख उम्मेदवार प्रचण्डले प्रस्ताव गर्न पाउनु पर्ने पक्षमा थिए । ओली, इश्वर पोखरेल र विष्णु पौडेल मात्र ओलीको प्रस्तावमा सुवास नेम्वाङको पक्षमा थिए ।
त्यसमा पनि महासचिव पौडेल पछिल्ला दिनमा पार्टीमा यही विषयको विवादमा नअल्झिन र अब अडान छोडिदिन ओलीलाई मनाउने पक्षमा पुगिसकेका थिए । अन्य सचिवालयका ६ सदस्य पूर्व माओवादीवाट सभामुखको निश्र्कषमा पुगिसकेका थिए ।
प्रचण्डले सकभर दुई अध्यक्षका बीचमै ओलीलाई मनाएर अग्निको पक्षमा सहमति जुटाउने नभए, सचिवालय, स्थायी समिति र आवश्यक पर्दा केन्द्रीय समितिमै लगेर निर्णय गराउने पक्षमा लागेका थिए ।
नेकपाभित्र प्रचण्ड र माधव नेपाल मिल्दा केन्द्रीय समिति भित्रै झण्डै दुई तिहाई पुग्ने समिकरण थियो । प्रचण्डलाई सभामुख चयनमा पूर्व माओवादीको भन्दा पनि वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालको दरिलो साथ मिलेको थियो । त्यो राजनीतिक समिकरण निर्माणका लागि २३ भदौमा वामदेव गौतम निवास भैसेपाटीमा भएको भेलाले पनि निर्णायक भूमिका खेलेको थियो ।
यो बुझेका ओली पार्टीभित्र बहुमत, अल्पमतको अवस्था सिर्जना हुदाँ आफु कमजोर बनेको सन्देश जाने भयमा थिए । त्यसपछि नै उनले सभामुखमा आफैले लिदै आएको अडान छोडेका थिए । अन्तिममा ओलीले प्रचण्डले प्रस्ताव गरेको सापकोटाको नाममा अदालतमा हत्या आरोपमा मुद्दा विचाराधिन रहेको भनेर पनि प्रचण्डलाई ब्याक गराउन खोजेका थिए ।
तर प्रचण्डले जनयुद्धकालका त्यस्ता घटनाको मुद्धा खोजी गर्ने हो भने आफु र गृहमन्त्री बादलको नाममा समेत रहेको हुन सक्ने र यस्ता विषयमा अल्झिन नहुने जवाफ फर्काएपछि ओली प्रचण्डको अडानमा टिक्न नसकेको नेकपा स्रोत बताउँछ । ‘ओलीको यो पछि हटाई त्यक्तिकै भएको होइन,’ नेकपाका एक स्थायी समिति सदस्यले सफलखबरसँग भने,–‘राजनीतिक आकलन र पार्टीभित्र आफु इतर समुहमा बढ्दो धुव्रिकरण देखेरै ओली आप्mनो अडानबाट पछि हटने निश्र्कषमा पुगेका हुन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ माघ २०७६, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली–लेखकसहित एक दर्जन नेता अझै सेनाकै ब्यारेकमा, कुन–कुन नेता निस्किए ?
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प
०८४ को निर्वाचनमा एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैनः ओली
एमालेलाई एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैनः ओली
विधान महाधिवेशनमा विद्याको विषय छलफल नहुने ओलीको अडान