काठमाडौ । मन्त्री बन्ने सूचीमा परेर पनि शपथ खाने बेला नाम काटिएका खगेन्द्र सुनारले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्।
दलित अधिकारका अभियन्ता सुनारले आफू राजनीतक पार्टी गठनको तयारीमा रहेको बताएका छन्।
यसका लागि उनले पार्टीको नाम, झन्डा, चुनाव चिह्न तथा एजेन्डा के कस्तो राख्दा ठिक होला भनेर सामाजिक सञ्जालमा सुझाव मागेका छन्।
‘हामी राजनीतिक पार्टी निर्माणको तयारीमा जुटिरहेका छौँ। पार्टीको नाम, चुनाव चिह्न, झन्डा, एजेन्डा के कस्तो राख्दा ठिक होला? तपाईँको सुझाव के छ’, उनले भनेका छन्, ‘र, पार्टीमा आबद्ध हुन चाहने साथीहरू पनि सम्पर्कमा आउनूस्।’
यही कात्तिक ९ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्न ठिक्क परेका बेला सुनारका मुद्दासम्बन्धी विवाद सार्वजनिक भएपछि प्रधानमन्त्री सुशीला कार्कीले नाम हटाएकी थिइन्।
जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठनसँगै प्रतिनिधि सभा विघटन गरी फागुन २१ गतेका लागि निर्वाचन तोकिएयता राजनीतिक दल गठन गर्ने क्रम बढेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ कार्तिक २०८२, ०९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छोड्न आदेश
सकियो खगेन्द्र सुनारको थुनछेक बहस, आदेश आउन बाँकी
खगेन्द्र सुनार बयानका लागि काभ्रे अदालतमा उपस्थित
मन्त्रीको सूचीबाट काटियो खगेन्द्र सुनारको नाम
मन्त्री बन्न ठिक परेका खगेन्द्र सुनार फौजदारी मुद्दामा प्रतिवादी