चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरका सबै भूमिहीनहरुलाई रातो पुर्जा दिने प्रतिबद्धता गर्नुभएको छ ।
नेपाल बसोबास बस्ती संरक्षण समाजको आमसभामा महानगर प्रमुख दाहालले सुकुमबासी जनताका अधिकारका लागि आफू लडेर आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कानुनी प्रक्रिया पुरा गरेर महानगरका सबै भूमिहिनका हातमा रातो पुर्जा अवश्य दिन्छौँ ।’
संघीय सरकारले संसदबाट ऐन ल्याउँदै गरेकाले कानुनी जटिलता सामाधान भएपछि स्थानीय सरकारले एक सेकेण्ड पनि ढिलो नगरी पुर्जा वितरण गरिने उहाँको भनाइ थियो । ‘भूमिसम्बन्धी आठौं संशोधन विधेयक प्रतिनिधिसभाबाट स्वीकृत भएकोले वास्तविक सुकुम्बासीलाई जमिन पाउन कसैले पनि रोक्ने छैन’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ माघ २०७६, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान