नेकपामा सन्नाटा– नेकपाका दुई अध्यक्षबीच संवाद छैन

पत्रपत्रिकाबाट

बुधबार, ०१ माघ २०७६, ०७ : २०
नेकपामा सन्नाटा– नेकपाका दुई अध्यक्षबीच संवाद छैन

काठमाडौं । नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको असमझदारीले सत्तारुढ दलमा ‘सन्नाटा’ छाएको छ। आइतबार तेस्रो पटक ६ माघसम्मका लागि संसद् बैठक स्थगित भएयताका दुई दिन नेकपाका दुई अध्यक्षबीच संवाद छैन। प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा व्यस्त छन् भने अर्का अध्यक्ष दाहाल खुमलटार–चितवन आउजाउ गरिरहेका छन्।

मंगलबार प्रधानमन्त्री ओली बालुवाटारमै चेम्बर अफ कमर्सका प्रतिनिधिसँगको भेटघाटदेखि उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको प्रतिवेदन बुझ्ने कार्यक्रममा व्यस्त देखिए। दाहाल भने बिहान पार्टीका नेता भीम रावल, अग्नि सापकोटालगायतसँग अलग–अलग छलफल गरी चितवन पुगेर फर्केका छन्।

नेकपाभित्र सभामुख चयन, विकास र सहयोगसम्बन्धी अमेरिकी नियोग मिलेनियम च्यालेन्स कर्पोरेसन ९एमसीसी०का विषयमा पार्टी नेताहरूकै बीचमा तीव्र ‘धु्रवीकरण’ भइरहेको छ। दाहालले चितवन पुगेर मंगलबार साँझ थुप्रै मिटिङ गर्नुपर्ने भएकाले आफू दुई घण्टाका लागि मात्र माडी आएको बताए पनि त्यस्तो छलफल दाहाल फर्केपछि पनि भएको छैन।

संसद्मा झन्डै दुई तिहाइ मतका साथ बलियो उपस्थिति रहेको नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसक्दा संसद् एक महिना बन्धक बनिसकेको छ। तर, बन्धक संसद् खुलाउने र पार्टीभित्रको धु्रवीकरण तोड्न नेकपाका दुई अध्यक्षलाई तीव्र दबाब भए पनि ओली–दाहाल संवादमा छैनन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस