काठमाडौँ । एक विदेशीले ९८०३८०४८५८ को नम्बरबाट नेपालीलाई फोन गरेर भने, “तपाईको सामान मैले लिएर आएको छु, एयरपोर्टमा एक्सरे मिसिनबाट हेर्दा डलरसमेत रहेछ । त्यसैले सामान छुटाउन नेपाली पैसा चाहिने भयो ।”
महत्वपूर्ण सामान आएपछि पैसा कसले नदिनु ? उनीहरुले भने अनुसार नै विभिन्न व्यक्तिहरुको खातामा रकम जम्मा भयो । अन्ततः त्यहाँ सामान आएको नभई त्यो गिरोह नेपालीसँग मिलेर ठगी गरेको खुल्न आयो । यसरी ठगीमा नाइजेरियाका साइरिल चिनेन्सो र आइवेरिकोष्टका अस्सापे अड्जी संलग्न देखिए ।
उनीहरुले केही नेपालीसँग मिलेर फेसबुक, ह्वाड्स एप, भाइबर, इमो ट्वीटरमार्फत नेपालीलाई साथी बनाउने अनि त्यसको दुरुपयोग गरी गठी गर्ने गरेको खुल्न आएको छ । उनीहरु र तीन नेपालीसहित पाँच जना पक्राउ परे । अहिले प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले उनीहरुको विषयमा अनुसन्धान गरिरहेको छ ।
हालैमात्र १२२ जना चिनिया नागरिक पर्यटक भिसामा आएर नेपालमा अबैध क्रियाकलापमा संलग्न भएको पाइएपछि निकालिएको छ । उनीहरु चार वर्ष नेपाल आउन नपाउने गरी निकालिएको हो ।
सुन तस्करीमा चिनिया नागरिक माओ विङको एउटा समुह संलग्न भए । चोरीमा पनि चीनकै वाङ सीलाई पक्राउ परे । बैंकको एटिएम स्वीच ह्याक गरी गत भदौ १४ गते चीनका झू लियाङ्याङ, लुओ जियालेइ, लिन जियानमेङ, किऊ युनकिङ र चेन विनविन, छु लुई ली पक्राउ परे ।
यस्ता प्रतिनिधि घटनाहरु नेपाल आएर विदेशीले घटाए । यस्ता अपराध कर्ममा पछिल्लो समयमा विदेशीको संलग्नता बढ्न थालेको तथ्यंकले देखाएको छ ।
उनीहरु बैंक ह्याक, नक्कली भिसा, जाली पासपोर्ट, ठगी, चोरी, सुन तस्करी, वन्यजन्तुका अंग ओसारपसार, लागुऔषध, यौन दुराचारजस्ता गम्भिर अपराधमा संलग्न भएको पाइएको छ । उनीहरु मध्ये गम्भिर अपराधमा संलग्नहरु कानुनी कारवाहीका लागि पूर्पक्षमा थुनामा छन् भने अन्य कानुनी कारवाही गरी निश्चित समय नेपाल आउन नपाउने गरी निष्कासित भएका छन् । गम्भिर अपराधमा १२ सय भन्दा बढी संलग्न छन् ।
फ्रि भिसा पनि कारक
चिनिया नागरिकहरु यसरी बढ्नुमा उनीहरुलाइृ सरकारले दिने फ्रि भिसा पनि कारक बनेको छ । नि:शुल्क भिसामा उनीहरु पाँच महिना बस्न पाउँछन् । पाँच महिनामा उनीहरुले धेरै गतिविधि गर्न पर्याप्त समय हुन्छ । त्यसमाथि चिनमा कुनै घटनामा मृत्यूदण्ड हुन्छ । तर नेपालमा त्यो नभएकाले पनि सुरक्षित मानिन्छ । त्यसैले अपराधमा उनीहरुले नेपाल भूमिलाई रोजेको सुरक्षा विज्ञहरुको भनाइ छ ।
नेपालमा जेलमा रहेका २५ हजार व्यक्ति मध्य १२ सय जना विदेशी नागरिक नै छन् । विगत तीन वर्षको तथ्यंकमा यसरी अपराध गर्ने विदेशीहरुको संख्या बढेको पाइएको छ । नेपालबाट निष्कासनमा पर्ने दर पनि बढ्दो छ । पर्यटन भिसामा आएर त्यसको दुरुपयोग गरी आपराधिक क्रियाकलापमा लाग्ने र भिसा सकिएर पनि बढी समय बस्ने व्यक्तिहरुको संख्या पनि बढ्दो छ ।
महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटी पछिल्लो समयमा आपराधिक क्रियाकलापमा विदेशीहरुको संलग्नता बढेको देखिएको बताउँछन् । बैंक ह्याकिंगदेखि अबैध रुपमा बस्ने ट्रान्जिट बनाएर नेपाललाई प्रयोग गर्ने, नेपालमा बसेर अन्य देशमा अपराध गर्ने, नेपालभित्रै विभिन्न आपराधिक र ठगीमा संलग्न हुने विदेशीहरु पक्राउ पर्नुले पनि यो तथ्य पुष्टि हुने उनले बताए ।
बढ्यो अपराध
अध्यागमन विभागको तथ्यंकले पनि विदेशीको अपराधकर्म बढेको पुष्टि गर्छ । पर्यटक भिसामा आएर अबैध क्रियाकलाप गर्नेहरु पनि बढेका छन् । आब २०७३/७४ मा पर्यटक भिसामा आएर अबैध क्रियाकलापमा लाग्ने ३१३ जना विदेशीलाई भेटिए । आब २०७४/७५ मा ५०१ र गत आर्थिक वर्षमा झण्डै ५४० जना फेला परे । चालु आर्थिक वर्षमा मात्रै ४४६ जना भेटिएका छन् । तथ्यंकले पर्यटक भिसामा आएर अबैध क्रियाकलापमा संलग्न हुने दर बढ्दो देखाउँछ ।
विभागको अर्काे विवरणमा आपराधिक क्रियाकलापमा संलग्न विदेशीको संख्या पनि क्रमश बढ्दो छ । आब २०७३/७४ मा विभिन्न आपराधिक गतिविधिमा संलग्न ८७ विदेशी थिए । आब २०७४/७५ मा बढेर ९९ पुग्यो । आब २०७५/७७ मा बढेर १२७ जना विदेशी फेला परे । आपराधिक क्रियाकलापमा संलगन उनीहरुलाई कानुनी कारवाही गरी जरिवाना तिराएर निश्चित समय नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गरिएको छ । यस्ता गतिविधि बढेपनि यसको नियन्त्रणका संयन्त्र भने नेपालमा भरपर्दाे छैन । सयौँ विदेशी गम्भिर अपराधमा थुनामा छन् ।
छैन निगरानीको संयन्त्र
उनीहरु भित्र प्रवेश गरेपछि कहाँ जान्छन्, के गर्छन्, भन्ने निगरानी गर्ने संयन्त्र छैन । विदेशमा कुन होटलमा को–को र कति जना विदेशी छन् भन्ने कुरा समेत राज्यलाई जानकारी हुन्छ । तर नेपालमा भने प्रवेश गरेपछि उनीहरु नेपाली सरह नै घुम्न पाउने अबस्था छ । जसले उनीहरुलाई अपराध गर्न सहज बनेको छ ।
महानगरीय प्रहरी कार्यालकया प्रमुअ डिआईजी विश्वराज पोखरेले उनीहरुको नियमित अनुगमन र जानकारी लिने संयन्त्रको निर्माण हुनसके यस्ता गतिविधि रोकिने बताउनु हुन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ पुस २०७६, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खगेन्द्र सुनारको विवादबारे रास्वपाको स्पष्टीकरण: 'विगतको अभिव्यक्तिप्रति क्षमायाचना, पार्टीद्वारा सचेत'
चितवनमा वृद्धा हत्या तथा लुटपाट प्रकरणः पाँच जना पक्राउ
क्यासिनो वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष पक्राउ
जेनजी आन्दोलनबाट ८४ अर्ब ४५ करोड क्षति
चितवनमा ब्राउन सुगरसहित ८ जना पक्राउ
चितवनमा गाईको मासु काट्दै गरेका ६ जना नियन्त्रणमा