बढ्दैछ नेपालमा विदेशीको अपराध, छैन अनुगमन संयन्त्र

सफल खबर संवाददाता

शनिबार, २६ पुस २०७६, ११ : ४५
बढ्दैछ नेपालमा विदेशीको अपराध, छैन अनुगमन संयन्त्र

काठमाडौँ । एक विदेशीले ९८०३८०४८५८ को नम्बरबाट नेपालीलाई फोन गरेर भने, “तपाईको सामान मैले लिएर आएको छु, एयरपोर्टमा एक्सरे मिसिनबाट हेर्दा डलरसमेत रहेछ । त्यसैले सामान छुटाउन नेपाली पैसा चाहिने भयो ।” 

महत्वपूर्ण सामान आएपछि पैसा कसले नदिनु ? उनीहरुले भने अनुसार नै विभिन्न व्यक्तिहरुको खातामा रकम जम्मा भयो । अन्ततः त्यहाँ सामान आएको नभई त्यो गिरोह नेपालीसँग मिलेर ठगी गरेको खुल्न आयो । यसरी ठगीमा नाइजेरियाका साइरिल चिनेन्सो र आइवेरिकोष्टका अस्सापे अड्जी संलग्न देखिए ।

उनीहरुले केही नेपालीसँग मिलेर फेसबुक, ह्वाड्स एप, भाइबर, इमो ट्वीटरमार्फत नेपालीलाई साथी बनाउने अनि त्यसको दुरुपयोग गरी गठी गर्ने गरेको खुल्न आएको छ । उनीहरु र तीन नेपालीसहित पाँच जना पक्राउ परे । अहिले प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले उनीहरुको विषयमा अनुसन्धान गरिरहेको छ ।

हालैमात्र १२२ जना चिनिया नागरिक पर्यटक भिसामा आएर नेपालमा अबैध क्रियाकलापमा संलग्न भएको पाइएपछि निकालिएको छ । उनीहरु चार वर्ष नेपाल आउन नपाउने गरी निकालिएको हो । 

सुन तस्करीमा चिनिया नागरिक माओ विङको एउटा समुह संलग्न भए । चोरीमा पनि चीनकै वाङ सीलाई पक्राउ परे । बैंकको एटिएम स्वीच ह्याक गरी गत भदौ १४ गते चीनका झू लियाङ्याङ, लुओ जियालेइ, लिन जियानमेङ, किऊ युनकिङ र चेन विनविन, छु लुई ली पक्राउ परे । 

यस्ता प्रतिनिधि घटनाहरु नेपाल आएर विदेशीले घटाए । यस्ता अपराध कर्ममा पछिल्लो समयमा विदेशीको संलग्नता बढ्न थालेको तथ्यंकले देखाएको छ । 

उनीहरु बैंक ह्याक, नक्कली भिसा, जाली पासपोर्ट, ठगी, चोरी, सुन तस्करी, वन्यजन्तुका अंग ओसारपसार,  लागुऔषध, यौन दुराचारजस्ता गम्भिर अपराधमा संलग्न भएको पाइएको छ । उनीहरु मध्ये गम्भिर अपराधमा संलग्नहरु कानुनी कारवाहीका लागि पूर्पक्षमा थुनामा छन् भने अन्य कानुनी कारवाही गरी निश्चित समय नेपाल आउन नपाउने गरी निष्कासित भएका छन् । गम्भिर अपराधमा १२ सय भन्दा बढी संलग्न छन् । 
 
फ्रि भिसा पनि कारक 

चिनिया नागरिकहरु यसरी बढ्नुमा उनीहरुलाइृ सरकारले दिने फ्रि भिसा पनि कारक बनेको छ । नि:शुल्क भिसामा उनीहरु पाँच महिना बस्न पाउँछन् । पाँच महिनामा उनीहरुले धेरै गतिविधि गर्न पर्याप्त समय हुन्छ । त्यसमाथि चिनमा कुनै घटनामा मृत्यूदण्ड हुन्छ । तर नेपालमा त्यो नभएकाले पनि सुरक्षित मानिन्छ । त्यसैले अपराधमा उनीहरुले नेपाल भूमिलाई रोजेको सुरक्षा विज्ञहरुको भनाइ छ । 

नेपालमा जेलमा रहेका २५ हजार व्यक्ति मध्य १२ सय जना विदेशी नागरिक नै छन् । विगत तीन वर्षको तथ्यंकमा यसरी अपराध गर्ने विदेशीहरुको संख्या बढेको पाइएको छ ।  नेपालबाट निष्कासनमा पर्ने दर पनि बढ्दो छ । पर्यटन भिसामा आएर त्यसको दुरुपयोग गरी आपराधिक क्रियाकलापमा लाग्ने र भिसा सकिएर पनि बढी समय बस्ने व्यक्तिहरुको संख्या पनि बढ्दो छ ।

महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटी पछिल्लो समयमा आपराधिक क्रियाकलापमा विदेशीहरुको संलग्नता बढेको देखिएको बताउँछन् । बैंक ह्याकिंगदेखि अबैध रुपमा बस्ने ट्रान्जिट बनाएर नेपाललाई प्रयोग गर्ने, नेपालमा बसेर अन्य देशमा अपराध गर्ने, नेपालभित्रै विभिन्न आपराधिक र ठगीमा संलग्न हुने विदेशीहरु पक्राउ पर्नुले पनि यो तथ्य पुष्टि हुने उनले बताए । 

बढ्यो अपराध

अध्यागमन विभागको तथ्यंकले पनि विदेशीको अपराधकर्म बढेको पुष्टि गर्छ । पर्यटक भिसामा आएर अबैध क्रियाकलाप गर्नेहरु पनि बढेका छन् । आब २०७३/७४ मा पर्यटक भिसामा आएर अबैध क्रियाकलापमा लाग्ने ३१३ जना विदेशीलाई भेटिए । आब २०७४/७५ मा ५०१ र गत आर्थिक वर्षमा झण्डै ५४० जना फेला परे । चालु आर्थिक वर्षमा मात्रै ४४६ जना भेटिएका छन् ।  तथ्यंकले पर्यटक भिसामा आएर अबैध क्रियाकलापमा संलग्न हुने दर बढ्दो देखाउँछ । 

विभागको अर्काे विवरणमा आपराधिक क्रियाकलापमा संलग्न विदेशीको संख्या पनि क्रमश बढ्दो छ । आब २०७३/७४ मा विभिन्न आपराधिक गतिविधिमा संलग्न ८७ विदेशी थिए । आब २०७४/७५ मा बढेर ९९ पुग्यो । आब २०७५/७७ मा बढेर १२७ जना विदेशी फेला परे । आपराधिक क्रियाकलापमा संलगन उनीहरुलाई कानुनी कारवाही गरी जरिवाना तिराएर निश्चित समय नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गरिएको छ । यस्ता गतिविधि बढेपनि यसको नियन्त्रणका संयन्त्र भने नेपालमा भरपर्दाे छैन । सयौँ विदेशी गम्भिर अपराधमा थुनामा छन् । 

छैन निगरानीको संयन्त्र 

उनीहरु भित्र प्रवेश गरेपछि कहाँ जान्छन्, के गर्छन्, भन्ने निगरानी गर्ने संयन्त्र छैन । विदेशमा कुन होटलमा को–को र कति जना विदेशी छन् भन्ने कुरा समेत राज्यलाई जानकारी हुन्छ । तर नेपालमा भने  प्रवेश गरेपछि उनीहरु नेपाली सरह नै घुम्न पाउने अबस्था छ । जसले उनीहरुलाई अपराध गर्न सहज बनेको छ । 

महानगरीय प्रहरी कार्यालकया प्रमुअ डिआईजी विश्वराज पोखरेले उनीहरुको नियमित अनुगमन र जानकारी लिने संयन्त्रको निर्माण हुनसके यस्ता गतिविधि रोकिने बताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस