काठमाडौं । धनुषा दुर्घटनाका टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अवैध नदी उत्खननको विरोध गर्ने दिलीपकुमार महतोलाई मर्निङ वाकको क्रममा धनुषाको मिथिला नगरपालिकामा टिपरले किचेको थियो । युवकका आफन्त तथा स्थानीयले महतोको हत्या भएको भन्दै विरोधमा उत्रिएका थिए ।
प्रहरीले ना ७ ख ६४१३ नम्बरको टिपरका चालक वर्दिवास घर भएका मुनिन्द्र महतोलाई पक्राउ गरेको जनाएको छ ।
पीडित परिवारले अवैध नदी उत्खनन्मा संलग्न हुनेहरुले दिलिपको हत्यापछि टिपर चलाएर किचिएको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ पुस २०७६, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु
तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत
कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते
बसको ठक्करबाट युवतीको मृत्यु