बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ थुम्कीमा बिहीबार स्काभेटर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
थुम्कीस्थित भित्री सडकखण्डमा सडक विभाग भक्तपुरको आयोजनामा पाटीखर्कबाट ख्याकु जाने मोटरबाटो निर्माण गर्ने क्रममा स्काभेटर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविकुमार पौडेलले बताए ।
मुत्यु हुनेमा पनौती नगरपालिका–११ का १६ वर्षीय राउत केसी र सिन्धुपाल्चोक घर भई हाल पनौती नगरपालिका–११ स्थित दिदीको घरमा बस्दै आएका १५ वर्षीय रोशन भण्डारी रहेका छन् ।
स्काभेटर दुर्घटनामा पनौती–७ का स्काभेटर चालक २७ वर्षीय जीवन ताम्राकार घाइते भएको र उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्काभेटर सडकबाट अन्दाजी ३ सय मिटर तल सलान्दुखोलामा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ पुस २०७६, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु
तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत
कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते
बसको ठक्करबाट युवतीको मृत्यु