जनकपुर । मधेस आन्दोलनका बेला प्रदेश २ मा मधेसकेन्द्रीत राजनीतिक दलहरुको तारो तत्कालीन एमाले थियो । त्यही एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपाको जनकपुरस्थित कार्यालयमा आइतबार अभूतपूर्व जमघट देखियो ।
नेकपा कार्यालयमा राष्ट्रिय जनता पार्टी (राजपा) का नेता कार्यकर्ता झन्डा बोकेर पुगे, आपसमा अङ्कमाल गरे । चुनावी गठबन्धन सफल बनाएर छाड्ने उद्घोष गरे । केन्द्रमा राष्ट्रिय सभा निर्वाचनका लागि तालमेलको घोषणा हुनअघिसम्म नेकपा र राजपाबीच यस्तो सौदार्द दृश्य देखिएला भन्ने यहाँ कल्पनासमेत गरिएको थिएन ।
यी दुई दल यसअघि सधैँ प्रतिस्पर्धीका रुपमा थिए । प्रदेशमा पनि राजपा सत्तारुढ हो भने नेकपा प्रतिपक्ष । कान्तिपुर दैनिकमा ‘पहिले पानी बाराबार, अहिले अङ्कमाल’ शीर्षकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २१ पुस २०७६, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ