काठमाडौं । संविधान संशोधनबाट प्रधानमन्त्री बन्ने बाटो नखोलिने भएपछि नेकपाका नेता बामदेव गौतम राष्ट्रियसभा नजाने अडानमै रहेको तर चुनाव हारेपछि यो कार्यकालभर संसद् नजाने भनेका नारायणकाजी श्रेष्ठ भने ‘पार्टीको आवश्यकता’ भन्दै सांसद बन्न तयार भएका छन् ।
राष्ट्रियसभा सदस्य उम्मेदवार छान्न शुक्रबार बिहान नेकपा सचिवालय बैठकमा गरगर्मी बहस चल्यो । आकांक्षी करिब डेढ सयको नाम एकातिर थियो, सचिवालय बैठकको निर्णय अर्कोतिर । बैठक पार्टीका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्य बन्ने हो या नबन्नेमै केन्द्रित थियो ।
उनीहरुका विषयमा छिनोफानो भएपछि मात्र, बल्ल नेकपाले अन्य व्यक्तिको छलफल चलायो । सो बैठकमा गौतमले राष्ट्रियसभा र प्रतिनिधिसभासम्बन्धी संवैधिक दृष्टिकोण एउटै भए मात्र आफू राष्ट्रियसभामा जाने बताए थिए । शुक्रबार नारायणकाजी श्रेष्ठले आफैंले सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्याका लागि उम्मेदवार बन्ने घोषणा गरे । कान्तिपुरमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १९ पुस २०७६, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ट्रेड युनियन अधिकार सीमित गर्ने प्रयास अस्वीकार्य’ :नारायणकाजी श्रेष्ठ
स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बन्न नारायणकाजी श्रेष्ठको आह्वान
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ