काठमाडौं । काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-८ दाप्चा तल्लो हटियास्थित आफ्नै घरमा किराना पसल संचालन गरी बस्ने ५५ वर्षीय श्याम कृष्ण श्रेष्ठ र उनकी श्रीमती ५० वर्षीया रुकु माया श्रेष्ठलाई धारिलो हतियार खुर्पा र बियरको बोतल प्रहार गरी हत्या गर्ने २ जना अभियुक्तलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुर, ललितपुर महानगरपालिका(२५ भैसेपाटी बस्ने सिन्धुली दुधौली नगरपालिका(७ घर भएका २० वर्षीय किरण कुमार मगर र काठमाडौं महानगरपालिका(७ चावहिल बस्ने उदयपुर चौदण्डिगढी नगरपालिका(१० घर भएका २४ वर्षीय सुमन राई रहेका छन् ।
२०७६ कात्तिक १९ गते राति ती दम्पत्तीको हत्या भएको घटनाको सम्बन्धमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न रहेका मगरलाई ललितपुर महानगरपालिका(२५ भैसेपाटी र राईलाई काठमाडौं महानगरपालिका(७ सरस्वतीनगर चावाहिलबाट पक्राउ गरेको हो ।
घटनामा प्रयोग भएको हतियार सहित दुबै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेलाई बुझाइएको उक्त व्यूरोले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ पुस २०७६, १८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्र?हार गरी युवकको हत्या, दुई जना पक्राउ
वीरगन्जमा प्रहरी जवानको हत्या : चारजना पक्राउ
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या