काठमाडौं । काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-८ दाप्चा तल्लो हटियास्थित आफ्नै घरमा किराना पसल संचालन गरी बस्ने ५५ वर्षीय श्याम कृष्ण श्रेष्ठ र उनकी श्रीमती ५० वर्षीया रुकु माया श्रेष्ठलाई धारिलो हतियार खुर्पा र बियरको बोतल प्रहार गरी हत्या गर्ने २ जना अभियुक्तलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुर, ललितपुर महानगरपालिका(२५ भैसेपाटी बस्ने सिन्धुली दुधौली नगरपालिका(७ घर भएका २० वर्षीय किरण कुमार मगर र काठमाडौं महानगरपालिका(७ चावहिल बस्ने उदयपुर चौदण्डिगढी नगरपालिका(१० घर भएका २४ वर्षीय सुमन राई रहेका छन् ।
२०७६ कात्तिक १९ गते राति ती दम्पत्तीको हत्या भएको घटनाको सम्बन्धमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न रहेका मगरलाई ललितपुर महानगरपालिका(२५ भैसेपाटी र राईलाई काठमाडौं महानगरपालिका(७ सरस्वतीनगर चावाहिलबाट पक्राउ गरेको हो ।
घटनामा प्रयोग भएको हतियार सहित दुबै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेलाई बुझाइएको उक्त व्यूरोले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ पुस २०७६, १८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अंश विवादमा देवरद्वारा भाउजूको हत्या
भोजपुरमा ४ जनाको सामूहिक हत्या
बारामा श्रीमानद्वारा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
ज्वाइँले गरे ससुराको हत्या
८० वर्षीया वृद्धाको हत्या, कुकुरको सहयोगमा अनुसन्धान गर्दै प्रहरी
तीन वर्षपछि श्रीमतीको हत्यामा श्रीमान् पक्राउ