१ लाख ५० हजार घुससहित समातिए खरिदार

सफल खबर संवाददाता

मंगलबार, १५ पुस २०७६, २१ : ३०
१ लाख ५० हजार घुससहित समातिए खरिदार

काठमाडौँ । कन्चनपुरको भिमदत्त नगरपालिका वडा नं ४ मा रहेको जग्गा पास गरिदिने बाहनामा घुस रकम माग गर्ने खरिदार पक्राउ परेका छन् ।

पीडितको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरबाट खटिएको टोलीले मालपोतका खरिदार ललिता रोकायालाई १ लाख ५० हजार घुससहित पक्राउ गरेको हो । उनलाई घुस रकम लिएको अवस्थामा सोही कार्यालयको उत्तरपट्टी रहेको पारस डेरीबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस