काठमाडौँ । कन्चनपुरको भिमदत्त नगरपालिका वडा नं ४ मा रहेको जग्गा पास गरिदिने बाहनामा घुस रकम माग गर्ने खरिदार पक्राउ परेका छन् ।
पीडितको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरबाट खटिएको टोलीले मालपोतका खरिदार ललिता रोकायालाई १ लाख ५० हजार घुससहित पक्राउ गरेको हो । उनलाई घुस रकम लिएको अवस्थामा सोही कार्यालयको उत्तरपट्टी रहेको पारस डेरीबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ पुस २०७६, २१ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुद्दा मिलाइदिने भन्दै घुस लिने हवल्दार पक्राउ
वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ
शिक्षक नियुक्तिमा घुस लिने क्रममा प्रधानाध्यापकसहित दुई जना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
कैलालीका वरिष्ठ वन अधिकृत ७ लाख ३१ हजार घुससहित पक्राउ