काठमाडौं । नेपाल टेलिकमले सातवटै प्रदेशमा फोरजी सेवा शुरुवात गरेको छ । फोरजी सेवा आरम्भ भएसंगै सेवाग्राही लाभान्वित बन्न थालेका छन । टेलिकले अहिले पूर्वको बिर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा फोरजी सिम वितरण गरिरहेको छ ।
कम्पनीले आफ्नो फोरजी सेवाको प्रवर्द्धन गर्नका लागि सिम परिवर्तन र स्तरोन्नती गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरेको हो । अभियान अन्तर्गत गत कार्तिक २० गते बिर्तामोड र २२ गते वीरगन्जमा सिम वितरण साथै फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रवर्द्धन कार्य उत्साहजनक रुपमा सम्पन्न भएको टेलिकमले जानकारी दिएको छ । यस्तै टेलिकमले चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा पनि सिम वितरण गरेको छ ।
टुजी वा थ्रीजी सिम भएका ग्राकहरुलाई टेलिकमले २ सय एमबी डाटा बोनससहित फोरजी सिम प्रदान गरेको छ । उक्त अभियान अन्तर्गत ग्राहकहरुले नेपाल सरकारले जारी गरेका परिचयपत्र, नागरिकता वा मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको फोटोकपी र एकप्रति फोटो पेश गरी सिमकार्ड प्राप्त गर्न सक्नेछन् ।
गृष्मा ब्रोडकास्टिङले सातै प्रदेशका विभिन्न स्थानमा प्रतिष्ठित कलाकारहरुको साथमा गरिरहेको सांगीतिक कार्यक्रम सप्तरङ्ग २ मार्फत पनि टेलिकमको फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रबद्र्धन गरिएको छ । कम्पनीले नवीनतम् प्रविधि सहितको फोरजी सेवाको गत असोज १५ गते देशभर सातै प्रदेशमा एकैसाथ सेवा प्रवाह गरेको थियो । सेवा आरम्भ भएसँगै सेवाग्राहीको ध्यान पनि यसले तानेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
टेलिकमको ‘ग्रुप एसएमएस’ एकै पटक १० हजारसम्मलाई पठाउन सकिने
नेपाल टेलिकमको खुद मुनाफामा करिब १३ प्रतिशतको गिरावट
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा डंगोल नियुक्त
नेपाल टेलिकमद्वारा ३० प्रतिशत लाभांशको घोषणा
नेपाल टेलिकमको आय र मुनाफा दुवै घट्यो
नेपाल टेलिकमको बिलिङमा समस्या