यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

विहीबार, २९ माघ २०८२, ०६ : ३६
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

यस्तै अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ १३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ १९ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६३ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७३ रुपैयाँ २७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९९ रुपैयाँ २७ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस