चितवन । बिहीबार देशभर भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । जारी मतगणनाको प्रारम्भिक नतिजाअनुसार चितवनका तीनवटा निर्वाचन क्षेत्रमध्ये दुईवटामा राष्ट्रिय स्वतन्त्र पर्टी (रास्वपा) र एक क्षेत्रमा एमालेका उम्मेदवार अगाडि रहेका छन् ।
प्रारम्भिक नतिजाअनुसार चितवन क्षेत्र नम्बर १ मा नेकपा एमालेका दावा दोर्जे लामा ३९८ मत प्राप्त गरी प्रारम्भिक अग्रता लिएका छन् । यस्तै, कांग्रेसका राजेन्द्रप्रसाद वुर्लाकोटीले १९७ मत प्राप्त गर्दा हरि ढकालले ७१ मत पाएका छन् ।
चितवन क्षेत्र नम्बर २ मा रास्वपाका रवि लामिछानेले ३ हजार ९६२ मत प्राप्त गर्दा एमालेका अस्मिन घिमिरेले १ हजार ९४७ मतले पछ्याइरहेका छन् । यसैगरी, नेपाली कांग्रेसकी मिना कुमारी खरेलले १ हजार ७५० मत पाएकी छिन् ।
यसैगरी, चितवन क्षेत्र नम्बर ३ मा प्रारम्भिक नतिजाअनुसार रास्वपाकी सोबिता गौतम ८ सय मतले अगाडि रहेकी छिन् ।
गौतमले २ हजार ५८९ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीकी रेणु दाहालले १ हजार ७८९ मत पाएकी छिन् । एमालेका शंकरराज थपिलयाले ५३८ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ फागुन २०८२, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
रास्वपाको बागमती अधिवेशन: विद्युतीय मेसिनबाट मतदानको तयारी
रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी
रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी