काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) सवार हेलिकप्टर सुरक्षाका कारण झापामा अवतरण नगरी काठमाडौँ फर्किएको छ।
झापा निर्वाचन क्षेत्र नं. ५ तर्फ जाने क्रममा बालेन सवार हेलिकप्टर काठमाडौँबाट उडेको करिब २५ मिनेटपछि पुनः काठमाडौँ फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतले जानकारी दिए। बस्नेतका अनुसार जहाजको प्राविधिक समस्या नभई उहाँहरूको आन्तरिक कारणले नै फर्केको हुनसक्छ।
“अपरेशनल समस्याका कारण फर्केको भन्ने छ, जहाज उडेको केही समयमा फर्केको जानकारी आएको थियो” उनले भने।
हेली एभरेस्टको नाइन एन–एओबी हेलिकप्टरमार्फत रास्वपाका वरिष्ठ नेता साहसहित पाँच सदस्यीय टोली आज बिहान ९:१२ बजे काठमाडौँबाट झापाका लागि प्रस्थान गरेको थियो। तर सुरक्षासम्बन्धी कारणले झापामा अवतरण नगरी उक्त हेलिकप्टर डाइभर्ट भई बिहान १०:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको स्रोतले बतायो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार निर्वाचन आयोगले निर्वाचनको दिन हवाई सेवा बन्द नगर्ने निर्णय गरेपछि केही शीर्ष नेताहरूलाई हेलिकप्टर प्रयोग गर्न अनुमति दिएको थियो। सोहीअनुसार हिजो नेपाली काँग्रेसका सभापति गगन कुमार थापा काठमाडौँबाट सर्लाही, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन र रुकुम पूर्व तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहसहित तीन जनालाई काठमाडौँबाट झापा जान उडान अनुमति दिइएको थियो।
निर्वाचन आचारसंहितामा प्रचार–प्रसारका क्रममा राजनीतिक दलका सभापतिलाई मात्र हेलिकप्टर प्रयोग गर्न पाउने व्यवस्था भए पनि बालेन सवार हेलिकप्टर किन बीचबाटोमै फर्कियो भन्नेबारे आधिकारिक कारण खुलाइएको छैन।
बालेनले बिहान काठमाडौँमा मतदान गरेपछि झापाका लागि प्रस्थान गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ फागुन २०८२, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन शाहविरुद्ध १२ वर्ष पुरानो ‘र्याप ब्याटल’लाई लिएर उजुरी
प्रधानमन्त्री बालेन शाहसँग कति छ सम्पत्ति ?
मन्त्रीको नाम टुंग्याउन छलफलमा जुटे रवि र बालेन
बालेनका लागि सिंहदरबारमा प्रधानमन्त्रीको कार्यकक्ष तयारी पूरा
बालेनले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
विधान संशोधन गर्दै रास्वपा, बालेन शाहलाई दल नेता चयन गर्ने तयारी