काठमाडौँ । निर्वाचन आयोगले धनुषा-१ क्षेत्रका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरिएको कारण सार्वजनिक गरेको छ।
आयोगका अनुसार उम्मेदवारले आफ्नो व्यक्तिगत विवरण सत्य नबुझाएको र आवश्यक जानकारी लुकाएको पाइएपछि कानुन अनुसार उम्मेदवारी कायम राख्न नसकिने निष्कर्षमा पुगेको हो।
निर्वाचन तयारीसम्बन्धी पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिँदै, उम्मेदवारको विरुद्ध उजुरी परेको, आयोगले सम्बन्धित निकायसँग सोधपुछ गर्दा उनी कालोसूचीमा रहेको तथ्य भेटिएको र त्यसैले उम्मेदवारी खारेज गर्नुपर्ने अवस्था आएको बताए।
भण्डारीले उजुरीको पूर्ण अनुसन्धानपछि उम्मेदवारलाई आफ्नो पक्ष राख्न पर्याप्त समय दिइएको भए पनि उनी प्रमाण पेश गर्न असफल भएको स्पष्ट पारे।
त्यसैगरी, पक्राउ परेका अन्य उम्मेदवारहरूको अवस्था पनि आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया पूरा गरी कारबाही अघि बढाइने आयोगले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० फागुन २०८२, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
रास्वपाको बागमती अधिवेशन: विद्युतीय मेसिनबाट मतदानको तयारी
रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी
रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी