आईसीसी टी-२० विश्वकपमा आज तीन खेल हुँदै

अन्तिम खेलमा पाकिस्तान र अमेरिका भिड्दै

सफल खबर संवाददाता

मंगलबार, २७ माघ २०८२, ०८ : १६
आईसीसी टी-२० विश्वकपमा आज तीन खेल हुँदै

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत मंगलबार तीन खेल हुँदैछन्। समूह ‘ए’का दुई र समूह ‘डी’को एक गरेर मंगलबार तीन खेल हुन लागेका हुन्। पहिलो खेलमा बिहान ११ बजेर १५ मिनेट जाँदा नेदरल्यान्डस र नामिबियाले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा नामिबिया पहिलो खेल खेल्दैछ भने नेदरल्यान्ड्स पहिलो खेलमा पराजित भएको टिम हो। पहिलो खेलमा नेदरल्यान्डस पाकिस्तानसँग तीन विकेटले पराजित भएको थियो।

दोस्रो खेलमा न्युजिल्यान्ड र यूएई भिड्दैछन्। यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ। न्युजिल्यान्ड पहिलो खेलमा विजयी भएको टिम हो भने यूएई पहिलो खेल खेल्दैछ। न्युजिल्यान्डले पहिलो खेलमा अफगानिस्तानमाथि पाँच विकेटको जित निकालेको छ।

मंगलबारको अन्तिम खेलमा पाकिस्तान र अमेरिका भिड्दैछन्। यो खेल साँझ ७ बजेर १५ मिनेटमा सुरु हुनेछ। प्रतियोगितामा दोस्रो खेल खेल्न लागेका अमेरिका र पाकिस्तान दुवै जित्नुपर्ने दबाबमा छन्। पहिलो खेलमा भारतसँग २९ रनले पराजित भएको अमेरिका पहिलो जितको खोजीमा छ भने पहिलो खेलमा नेदरल्यान्डसलाई तीन विकेटले हराएको पाकिस्तान अर्को जितको खोजीमा छ।

प्रतिक्रिया दिनुहोस